कस्तो रहला आजको मौसम ?

बिहिबार, कार्तिक ०६
मौसमविद्हरूका अनुसार आज देशका अधिकांश भागमा मौसम सफा रहनेछ, जसले टीका–भेटघाटका कार्यक्रम सहज बनाउनेछ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसअनुसार बिहीबार दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहँदै बाँकी भू–भागमा मुख्यतया सफा मौसम रहनेछ। पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि अधिकांश भू–भागमा आंशिकदेखि सफा मौसम रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मात्र हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply