सुनको मूल्य तोलाको दुई हजार घट्यो

कार्तिक १०
स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज (१० कात्तिक)सुनको मूल्य प्रतितोला रू दुई हजारले घटेर रू दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला रू ३५ ले घटेर रू दुई हजार ९८० रहेको छ । आइतबार नेपाली बजारमा सुन प्रतितोला रू दुई लाख ४१ हजार ९०० र चाँदी तीन हजार १५ मा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply