केन्यामा यात्रुवाहक सानो विमान दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौं, कात्तिक ११ —
केन्यामा यात्रुवाहक सानो विमान दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। विमान डियानीबाट मासाईमारा राष्ट्रिय निकुञ्जस्थित निजी हवाई पट्टी किचवा टेम्बोतर्फ जाँदै गर्दा स्थानीय समय अनुसार बिहान ५:३० बजे खसेको केन्या सिभिल एभिएसन अथोरिटीले जनाएको छ।

अथोरिटीका अनुसार विमानमा सवार सबै १२ जनाको मृत्यु भएको पुष्टि भए पनि दुर्घटनाको कारण अझै पत्ता लागेको छैन। सरकारी एजेन्सीहरूले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेका छन्।

केन्यामा यसअघि पनि यस्ता दुर्घटनाहरू भएका थिए। सन् २०२४ मार्च ५ मा सफारीलिंक एभिएसनको व्यावसायिक विमान र ९९ फ्लाइङ स्कुलको तालिम विमान आकाशमै ठोक्किँदा दुई जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply