कार्तिक २७
प्रहरीले सुदूरपश्चिमका तीन जिल्लाबाट अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलन चोकस्थित भित्री सडकखण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका मूल्य रु ६४ हजार बराबरको सुटपिस, स्विटर लगायतका सामानहरु वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बुधबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै,कञ्चनपुरको भीमदत्त नगरापालिका–३ भासी, वडा नं. ४ बसपार्क, वडा नं. १५ गोबरिया र दोधारा चाँदनी नगरपालिका– ८ शिव मन्दिरस्थित सडक छेउबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु ३ लाख ११ हजार बराबरको चिनी, मिश्री, नल्काको समान, माछा, एक थान मोटरसाइकल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यसैगरी, डडेल्धुराको परशुराम नगरपालिका–३ शिर्षबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु २७ हजार बराबरको बिडी इलाका प्रहरी कार्यालय जोगबुडाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
