सुनको मूल्य बढ्यो

मंसिर ९
सुनको मूल्य एकैदिन तोलामा ५ हजार २ सय रुपैयाँले बढेको छ । मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४२ हजार ७ सय रुपैयाँ थियो । सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदीको तोलामा ८५ रुपैयाँले वृद्धि भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय १५ रुपैयाँ थियो भने मंगलबार प्रतितोला ३ हजार २ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply