मंसिर १५
कैलालीमा २ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लागुऔषध मुद्दामा १ वर्ष कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–६ बस्ने २४ वर्षीय दीलबहादुर चौधरी र ४ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–६ बस्ने २६ वर्षीय आसाराम चौधरी पक्राउ रहेको प्रहरीले जनाएको छ ।
कैलाली जिल्ला अदालतको विभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
