मंसिर १५
एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा नेपाल उपविजेतामा सीमित बनेको छ। यद्यपी फाइनल पुगेर नेपाल एसिया कपमा छनोट भइसकेको छ।
आज भएको उपाधि भिडन्तमा नेपालमाथि घरेलु टोली युएईले २७ रनको जित निकाल्यो।
१४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३.२ ओभरमा १२० रनमा अलआउट भयो।
नेपालका लागि कप्तान अशोक धामीले ३४ रन जोडे भने आशिस लुहार र रोशन विश्वकर्माले २५-२५ रन बनाउन सके। अरु ब्याटर चल्न सकेनन्।
युएईको अजमानस्थित करवान मैदानमा घरेलु टोली विरूद्धको फाइनल खेलमा १४८ रनको लक्ष्य पाएको नेपालको खराब सुरुवात भएको थियो।
नेपालले पहिले ब्याटिङ गरेको युएईलाई ४५.५ ओभरमा अल आउट गर्दै १४७ रनमा रोकेको थियो।
युएईका लागि अहमद खुदादादले सर्वाधिक ७१ रन बनाए।
उनले १२६ बलमा ६ चौका प्रहार गरे।
त्यस्तै नूरउल्लाह अयोबीले ४७ बल खेल्दै २ चौका र २ छक्काको मद्दतबाट २६ रन जोडे। आयान मिसबानले ११ रनले जोडे।
नेपालका लागि दयानन्द मण्डलले ६ विकेट लिए। अप्रजित पौडेलले २ तथा नितेशकुमार पटेल र अशोक धामीले एक/एक विकेट लिए।
