नेकपाको आज काठमाण्डौँमा एकता सन्देश सभा

पुष ५ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभाको आयोजना गरेको छ ।

बिहान ११ः३० बजे सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुसका लागि जम्मा हुने र दिउँसो सवा १२ बजेबाट जुलुस सुरु हुने पार्टीले जनाएको छ ।

सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । सभा भृकुटीमण्डपको तीनकुने सडकमा हुनेछ ।

सभामा करिब ५० हजार मानिस सहभागी हुने नेकपाको दाबी छ ।

गत कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वटा वामपन्थी घटक मिलेर नेकपा बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply