बझाङमा एक घरमा आगलागी

बुधबार, पुष १६

धनगढी । बझाङमा एक घरमा आगलागी भएको छ।

मंगलबार जिल्लाको तलकोट गाउँपालिका–४ लोकण्ड बस्ने हाजिरी रोकायको घरमा खाना पकाउने चुलोबाट घरमा आगलागी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

आगलागीबाट घरको भुई तलामा बाँधेर राखेका एक गाई, १ गोरु र १ भैसी गरी जम्मा–३ वटा चौपाया मरेको तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। क्षतिको विवरण आउन बाँकी रहेको तथा आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply