पुस १७
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन्।
गएराति जिल्लाको भीमदत्त नगरपालिका-१९ बागफाटा शुक्रराज टोलमा जंगली हात्ती आएपछि भगाउने क्रममा सोही ठाउँ बस्ने ४० वर्षीय छक्कु डगौरा घाइते भएका हुन्।
हात्तीको आक्रमणबाट डगौराको टाउको, अनुहार, छातीमा भित्री चोट लागेको प्रहरीले जनाएको छ।
उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार पश्चात् थप उपचारको लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
