पुस २२
कैलालीमा प्रहरीले ८ लाख ६८ हजारका भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
सोमबार जिल्लाको जानकी गाउँपालिका-४ मनुवारोडबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.८ लाख ६८ हजार बराबरको सामान नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त मूल्यका विभिन्न किसिमका मोबाईलका डिस्प्लेहरु इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
