आजको पञ्चाङ्ग एवम् राशिफल (२९ पुष २०८२ मंगलबार, १३ जनवरी २०२६)

२९ पुस २०८२
आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ पौष २९ गते तद्अनुसार सन् २०२६ जनवरी १३ तारिख मंगलबार माघ कृष्ण दशमी तिथि विशाखा नक्षत्र शूल योग बव करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा तुला राशिमा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः२७ बजे हुनेछ ।

आजको राशिफल

मेष – सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत भएपनि आजको दिन लाभ नै मिल्ने देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । मिठो भोजन प्राप्त हुनेछ भने यात्रागत कार्य बन्नेछ । अनुकूलता वृद्धि भइ रोकिएको काम बन्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ । मनोरञ्जनमा आकर्षण रहला ।

वृष – केही मात्रामा जोखिम बढेपनि परिणाममुखी काममा लगानीको समय छ । कर्मबल वृद्धि होला । बोलीको विपरीत अर्थ लाग्न सक्ने भएकोले मुखलाई नियन्त्रणमा राख्नु हितकर होला । नचिताएको स्थानबाट धनागमन हुन सक्ने योग छ । शरीर फूर्तिलो भएको महसुस होला । विशेष योजना कार्यान्वयनमा साथीभाइको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्ति र रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मिथुन – आजको दिन बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ भने पारिवारिक समस्या समाधान हुनेछ । आर्थिक पक्ष सुदृढ रहला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । तथापि, मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा पनि सोचेजस्तो रमाइलो नहुन सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु आवश्यक छ । परिवारिक सुखले उत्साह वृद्धि गराउनेछ ।

कर्कट – चुनौतीका बाबजुद नसोचेको काम बन्नसक्ने समय छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । जीवनसाथी, सन्तति एवम् विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने देखिन्छ । प्रेमभाव वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोगका कारण कार्यगति बढ्नेछ ।

सिंह – आजको दिन पारिवारिक वातावरण तपाईंको अनुकूल नरहन सक्छ । कल्पना र भावनामा केन्दित भइएला । तथापि, स्वास्थ्य सबल रहनाले पराक्रम र उत्साह बढ्नेछ । उद्योग तथा व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । दाम्पत्यसुख र प्रेमभाव बढ्नेछ । बौद्धिक काममा विशेष सफलता मिल्नेछ ।

कन्या – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । लाभदायी यात्रा गर्नुछ भने समय शुभ छ । अधिकारप्राप्तिका लागि गरिने प्रतिस्पर्धामा विजयी भइने योग छ । शत्रुहरूको चलखेल बढे पनि तिनले हानी गर्न सक्ने छैनन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक कार्यमा आकर्षण रहला ।

तुला – सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । ठूलाबडाको आशीर्वाद र सहयोगले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । प्रेमभाव र आरोग्यबल बढ्नेछ । मित्रवर्गमा यशवर्चश्व रहनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – परिवारजनमा पाहुनाको चाप बढ्न सक्छ र, तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । नयाँ काम तथा जिम्मेवारी हातपर्ने देखिन्छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास बढ्नेछ ।

धनु – आजको दिन मनमा दुविधा रहनसक्छ । सामाजिक काममा नाम रहनेछ तर जागिरमा चाहिँ विशेष होसियारी अपनाउनुपर्ने देखिन्छ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिकलाभ हुनेछ तर आर्जित धन जोगाउन सजग रहनुपर्नेछ । कसैसंग विवाद तथा मनमुटाव हुन सक्छ, सावधान रहनुहोला । प्रशंसकहरूले पनि आलोचना गर्नसक्ने योग छ । यात्रागत कार्य सार्थक रहनेछ ।

मकर – व्यस्तता बढ्नेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य झगडा पनि हुन सक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनुहुनेछ । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुने देखिन्छ । रोकिएको काम मिहिनेतले बन्नेछ । सामथ्र्य वृद्धि होला । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

कुम्भ – नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्ने समय छ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि होला । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – मिश्रित फलदायी समय छ । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । आफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा सुमधुर सम्बन्ध रहला । व्यापारबाट विशेष फाइदा हुनेछ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply