भन्सार छलीका सामान नियन्त्रणमा

माघ ५
कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान नियान्त्रणमा लिएको छ । आइतबार जिल्लाको भीमदत्त नगरपालिका–१० सुखासाल र बेलौरी नगरपालिका–१० जर्सिखल्लाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु ३ लाख ५६ हजार ८ सय बराबरको सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उक्त मूल्यको चिनी, मोबाईल, विभिन्न किसिमका कपडा लगायतका सामानहरु जिल्ला प्रहरी
कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply