राष्ट्रिय लिगमा पोखराको लालिगुराँसको लगातार दोस्रो जित

माघ ५
न्युरोड टिम (एनआरटी) ले राष्ट्रिय लिग २०८२ मा सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ।

दशरथ रंगशालामा भएको खेलमा उसले ३-१ गोलको जित निकालेको हो।

एनआरटीका लागि विज्ञान खड्काले दुई गोल गरे। उनले सातौं र ९०+३ मिनेटमा गोल गरेका थिए।

यस्तै टिमोथीले १७ मिनेटमा एक गोल गरेका थिए। सातदोबाटोका लागि फोडे फोफनाले ३२ मिनेटमा गोल फर्काएका थिए।

यता दिनको पहिलो खेलमा पोखराको लालिगुराँस क्लबले लगातार दोस्रो जित निकाल्यो। उसले नव जनजागृति युवा क्लबलाई ४-१ गोलले पराजित गर्‍यो।

लालिगुराँसका लागि आसिस गुरुङले ५५ र ६० मिनेटमा गरी दुई गोल गरे।

२७ मिनेटमा अब्दुप युपेशले पहिलो गोल गर्दा अकेटी जुनियरले ८९ मिनेटमा चौथो गोल गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply