पाँच महिनायताकै उच्च विन्दुमा नेप्से, कारोबार पनि साउनपछिकै धेरै

माघ ११
सेयर बजारले वृद्धिलाई निरन्तरता दिएको छ। आसन्न निर्वाचनको सकारात्मक प्रभाव सेयर बजार देखिएको हो।

यही कारण आइतबार नेप्से परिसूचक पाँच महिनायताकै उच्च दरमा वृद्धि भएको छ।

नेप्से ५७.५५ अंकले बढेर २७७२ मा पुगेको हो। यसअघि २०८२ भदौ १२ गते २७८१ विन्दुमा पुगेको थियो।

कारोबार रकम पनि सात महिनाकै उच्च भएको छ।

आइतबार १३ अर्ब ७८ करोड रकमको कारोबार भयो। यसअघि २०८२ साउन १५ मा १५ अर्ब ९८ करोड रूपैयाँको कारोबार भएको थियो।

निर्वाचनको प्रचारप्रसार लगायतको कारण मुलुकको आन्तरिक अर्थतन्त्र पनि केही चलायमान बनेको छ।

यसदिन ३३१ वटा धितोपत्रको तीन करोड नौ लाख १५ हजार १८३ कित्ता सेयर किनबेच भएको हो।

आइतबार २४० कम्पनीको सेयरमूल्य बढेको छ भने १९ वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर छ।

यसदिन नौ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

एसवाई प्यानल, श्रीनगर एग्रिटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केबलकार, हिमस्टार ऊर्जा, मबिलुङ इनर्जी, रिलायन्स फाइनान्स र आँखुखोला जलविद्युतको सेयरमूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।

यसैगरी, एभरेस्ट बैंक डिबेन्चरको मूल्य सर्वाधिक ५.८० प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार १५४ रूपैयाँमा झरेको छ।

आइतबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता २६८ रूपैयाँ ४० पैसामा ४३ करोड ५८ लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ग्रिन भेन्चर रहेको छ। उक्त कम्पनीको ५३६ रूपैयाँमा ३९ करोड ७७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.३५ प्रतिशतले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply