नेपाल र चीनबिच यु–२० महिला मैत्री फुटबल हुने

१२ माघ
काठमाडौँ, माघ १२ गते । नेपाली यु–२० र चीनको युनान युथ महिला टोलीबिच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा), चीनको युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनिया सङ्घको संयुक्त आयोजनामा नेपाल र चीनको युवा टोलीबी मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।

कुटनीतिक सम्बन्ध स्थापना स्थापना गर्ने उद्देश्यले माघ २४ गतेदेखि २८ गतेसम्म दशरथ रङ्गशालामा उक्त खेल हुन लागेको हो । नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागिएको यस खेलले नेपाली यु–२० महिला टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

साथै, यस प्रकारका अन्तर्राष्ट्रिय खेलहरूले नेपाली महिला फुटबलको समग्र विकासमा सहयोग पुग्ने विश्वास एन्फाले व्यक्त गरेको छ । नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समन्वयनमा उक्त मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।

खेलका अवसरमा नेपाल र चीनबीचको सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रश्तुतिहरू समेत प्रदर्शन गरिने कार्यक्रम रहेको जनाइएको छ । चीनियाँ टोली आगामी जनवरी २९ तारिखमा नेपाल आइपुग्नेछ ।

पछिल्ला तीन वर्षयता नेपाल र चीनका युवा टोलीहरूबीच यस्ता मैत्रीपूर्ण खेलहरु आयोजना हुँदै आएका छन् । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय यु–२० महिला टोली मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले नेपाली खेलाडीको प्रशिक्षण क्याम्प सुरु गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply