माघ १९, कैलाली —
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र गम्भीर चुनौतीको सामना गरिरहेको बताउँदै त्यसको रक्षाका लागि नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर २ ले लम्कीमा आयोजना गरेको वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले लोकतान्त्रिक मूल्य, विधि र संस्थामाथि प्रश्न उठिरहेका बेला कांग्रेसको मजबुत उपस्थिति नै देशका लागि भरोसाको आधार भएको धारणा राख्नुभयो। उहाँले लोकतन्त्रलाई कमजोर पार्ने प्रवृत्तिहरू सक्रिय भइरहेको उल्लेख गर्दै त्यसको प्रतिवाद कांग्रेसको बहुमतबाट मात्र सम्भव हुने बताउनुभयो।


मुख्यमन्त्री शाहले पार्टीभित्र देखिएका आन्तरिक मतभेद र असहमतिको विषयलाई अहिलेका लागि थाती राख्न आग्रह गर्नुभयो। उहाँले अहिलेको प्रमुख आवश्यकता एकता, सहकार्य र संगठन सुदृढीकरण भएको स्पष्ट पार्दै सबै नेता तथा कार्यकर्तालाई एउटै लक्ष्यका साथ अघि बढ्न आह्वान गर्नुभयो। “व्यक्तिगत असहमति भन्दा माथि उठेर लोकतन्त्र र देशको भविष्यका लागि एकजुट हुनुपर्ने समय आएको छ,” उहाँको भनाइ थियो।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मुख्यमन्त्री शाहले नेपाली कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक बहुमतका साथ विजयी गराउन कार्यकर्ताहरूलाई जनतामाझ सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। उहाँले कांग्रेसको जित मात्र पार्टीको जित नभई लोकतान्त्रिक प्रणालीको जित हुने दाबी गर्नुभयो।


कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेश सरकार निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने दायित्वमा प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो। निर्वाचन प्रक्रियामा कुनै किसिमको दबाब, हस्तक्षेप वा अनियमितता हुन नदिने प्रतिवद्धता जनाउँदै उहाँले सबै पक्षलाई लोकतान्त्रिक आचरण पालना गर्न आग्रह गर्नुभयो।
कार्यकर्ता भेलामा सहभागी कांग्रेसका नेता तथा कार्यकर्ताहरूले पनि पार्टीलाई अझ मजबुत बनाउँदै निर्वाचनमा एकढिक्का भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका
