धनगढीलाई डिजिटल महानगर बनाउने ढुंगानाको घोषणा

माघ २६
धनगढी — नेकपा एमालेका तर्फबाट कैलाली क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा उम्मेदवार यज्ञराज ढुंगानाले धनगढी उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्ने स्पष्ट योजना सार्वजनिक गरेका छन्।

मतदाता भेटघाट कार्यक्रमका क्रममा ढुंगानाले धनगढीलाई आधुनिक प्रविधिसँग जोडिएको ‘डिजिटल महानगर’ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याए। उनले वर्तमान समय सूचना तथा डिजिटल प्रविधिको युग भएकाले इन्टरनेट, सूचना प्रविधि र स्मार्ट सेवाको अधिकतम प्रयोगमार्फत धनगढीलाई प्रविधिमैत्री सहरको रूपमा विकास गर्न सकिने बताए।

सुदूरपश्चिम प्रदेशमा हाल एक मात्र उपमहानगरपालिका रहेको उल्लेख गर्दै ढुंगानाले धनगढी अब महानगरपालिकाको हैसियतमा पुग्न तयार भइसकेको दाबी गरे। डिजिटल पूर्वाधार विस्तारसँगै आईटी क्षेत्रको विकास गर्दै युवाका लागि रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ।

“डिजिटल प्रविधिको सही प्रयोगबाट सेवा प्रवाह सरल, छिटो र पारदर्शी बन्छ,” ढुंगानाले भने, “म निर्वाचित भए धनगढीलाई डिजिटल महानगर बनाउने दिशामा ठोस र परिणाममुखी पहल गर्नेछु।”

ढुंगानाका अनुसार डिजिटल पूर्वाधार, प्रविधिमैत्री नगर सेवा र युवामुखी रोजगारी सिर्जना उनका प्रमुख प्राथमिकता हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply