कञ्चनपुरमा पत्रकारमाथि भन्सार कर्मचारीको दुव्र्यवहार, हाकिमसहित प्रहरी नियन्त्रणमा

खडक रावल, कञ्चनपुर, माघ २६ — कञ्चनपुरमा पत्रकार भुपेन्द्र ओलीमाथि कार्यालयमै अमानविय दुव्र्यवहार गरेको आरोपमा भन्सार कार्यालय गड्डाचौकीका निमित्त भन्सार अधिकृत चक्रदेव भट्ट र दान बहादुर थापा प्रहरी नियन्त्रणमा छन्।
तीन वर्षअघि सशस्त्र प्रहरीले तस्करीको आरोपमा भारतीय नम्बर प्लेटको मोटरसाइकल भन्सार चलान गरेको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकार ओलीमाथि भट्ट र थापाले दुव्र्यवहार गरेको प्रहरीमा दिएको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
पत्रकार ओलीले भिडियोसहित निवेदन पेश गर्दै आफूमाथि अत्याचार, अन्याय र हातपात भएको बताए। भन्सार अधिकृतहरूले प्रश्न सोध्दा “गो फ्रम हियर” भन्दै अंग्रेजीमा धकेलेका थिए भने क्यामेरा तोड्ने धम्कीसमेत दिएका थिए।
घटनाप्रति विभिन्न पत्रकार संघ, नेपाल पत्रकार महासंघ, प्रेस युनियन, मिडिया मञ्च र नागरिक समाजले विरोध र भत्र्सना व्यक्त गरेका छन्। काँग्रेस निकट प्रेस युनियनका सचिव देवेन्द्र खडकाले कानुनी कारबाहीको माग गरेका छन्।
आरोपित भट्ट र थापाले गल्ती स्वीकार्दै माफी मागिसकेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटना सम्बन्धी छानबिन जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply