लगातार चौथो दिन पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ।

गत आइतबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रूपैयाँ पुगेको छ।

मंगलबार सुन प्रतितोला तीन लाख पाँच हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।

मंगलबार तोलामा पाँच हजार दुई सय ४० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार दुई सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply