बागीश्वरी माध्यमिक बिद्यालय पुनर्वासको ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न

धनबहादुर बिक
पुनर्वास फागुन १
बागीश्वरी माध्यमिक बिद्यालय पुनर्वास ८को ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न भएको छ ।

शुक्रबार बिद्यालय प्राङ्गणमा बिद्यालय को ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न भएको हो ।

कार्यक्रममा शिक्षक तथा लेखा संयोजक चण्डीप्रशाद सुवेदीले आर्थिक बर्ष २०८१ श्रावण १ देखि ०८२ असार ३० गतेसम्मको १ करोड ८६ लाख ७४ हजार ३५० रूपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास स्थापनाकाल संगै स्थापना भएको बागीश्वरी माविले विभिन्न चुनौती को सामना गर्दै ५३ औं बर्ष पार गर्दै गर्दा शैक्षिक उन्नति तथा भौतिक उन्नति प्रगति का कार्यक्रम हरू देख्न पाउँदा खुसी लागेको बताए । नगर प्रमुख शर्माले बिद्यालय को ५३ औं बार्षिकउत्सव सफलताको शुभकामना समेत व्यक्त गरेका थिए । साविक पराशन को अग्रणी बिद्यालय बागीश्वरी माविको शैक्षिक प्रगति का लागि सबैले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने उनलेे सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले बिद्यालय को चौतर्फी विकासको शुभकामना व्यक्त गरेका थिए ।
वक्ताहरूले शिक्षक डिल्ली प्रसाद शर्मा प्रधानाध्यापक भईसकेपछि बिद्यालय मा भौतिक , आर्थिक तथा शैशिक सुधारका कार्यक्रम हरू मा उल्लेखनीय सुधार भएको औंल्याएका थिए ।

सो अवसरमा बिद्यालय का प्रधानाध्यापक डिल्ली प्रसाद शर्माले बिद्यालय को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मिति २०७६ मंसिर १ गतेदेखि आफू प्र अ भए पश्च्यात बिद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक तथा बिध्यार्थि को सल्लाह सुझाव एबं आफ्नो बुद्धि विवेकले भ्यायसम्म बिद्यालय को पठनपाठन तथा आर्थिक , भौतिक निर्माण का बिषयमा हिजोको भन्दा वर्तमान अवस्थामा देखिन सक्ने विकासका क्रियाकलाप हरू सम्पन्न गर्न पाउँदा खुसी लागेको बताए । तथापि अझै पनि केही भवनको अवस्था जिर्ण भएकोले यथासिघ्र मर्मत तथा निर्माण गरिनुपर्ने , मावि तहमा प्रयाप्त शिक्षक अभाव रहेको छ भने बिद्यालय को प्रयाप्त आयश्रोतको कमिले निजि श्रोत का शिक्षक लाई आवस्यक तलब सेवासुविधा प्रदान गर्न नसकिएको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

सो अवसरमा बिद्यालय को शैक्षिक सुधार साथै गरिब तथा जेहेन्दार बिध्यार्थिहरूको पठनपाठनमा सहयोग पुर्याउने उदेश्य ले विभिन्न ४९ जना दाताहरूले स्थापना गरेको अक्षयकोष रकम रू १४ लाख २९९ रूपैयाँ जमा भएको र सो रकमको ब्याज बापत प्राप्त हुने रकमबाट गरिब तथा जेहेन्दार बिध्यार्थिलाई उनिहरूको शैक्षिक निरन्तरता का लागि प्रदान गरिदै आएको प्र अ शर्माले बताएका छन ।

कार्यक्रममा बिध्यार्थिहरूले विभिन्न भेषभुषा झल्काउने गरि नृत्य प्रस्तुत गरेका थिए भने बार्षिकउत्सवमा बिद्यालय ले आयोजना गरेको विभिन्न प्रतियोगितामा मा आधारित प्रथम द्वितीय तृतीय हुने बिध्यार्थिहरूले स्टेसनरी प्रदान गरि पुरस्कृत गरेको थियो ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष राना श्रवण को सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका प्रमुख त‍ोय प्रसाद शर्मा , बिशिस्ट अतिथि पुर्व नगर प्रमुख जिबनराज थापा रहेका थिए भने अतिथिमा जनता क्याम्पस अध्यक्ष पदमबहादुर थापा , बिद्यालय का पुर्व अध्यक्ष बुद्धि प्रसाद सुवेदी , पुर्व अध भरतबहादुर बिष्ट , समाजसेवी शंकर बहादुर केसी , नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा सभापति कृष्णबहादुर तामाङ , जनजागरण सामुदायिक बन समिति अध्यक्ष लोकबहादुर कार्की तथा विभिन्न संघ संस्था का प्रतिनिधि , शिक्षा प्रेमि आम अभिभावक विभिन्न बिद्यालय का प्रअ तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

सहायक प्र अ गंगा बम ले स्वागत गरेको कार्यक्रम को सञ्चालन शिक्षक नेत्र प्रसाद उपाध्यायले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply