टी-२० विश्वकपमा आज तीन खेल, नेपालको समूहमा रहेको इंग्ल्याण्ड र स्कटल्याण्ड भिड्दै

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ।

दुई खेल भारत र एक खेल श्रीलंकामा हुनेछ।

पहिलो खेलमा आयरल्याण्ड र ओमान भिड्दैछ। श्रीलंकाको कोलम्बोस्थित एसएससी क्रिकेट ग्राउन्डमा बिहान सवा ११ बजे खेल हुनेछ।

ओमान र आयरल्याण्ड समूह बी मा छन्। दुवैले दुई खेल खेलेका छन् भने दुवै खेलमा पराजित भएका छन्। आज उनीहरूले तेस्रो खल खेल्दैछन्।

सवा ३ बजे हुने दोस्रो खेलमा इंग्ल्याण्ड र स्कटल्याण्ड भिड्दैंछन्। खेल कोलकातास्थित इडेन गार्डेनमा हुनेछ।

दुई देश नेपाल रहेको समूह सी मा छ।

दुवै देशले दुई दुई खेल खेलेका छन् भने एक-एक खेल हारेका छन्।

रनरेटका आधारमा स्कटल्याण्ड अघि छ।

तेस्रो खेलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन्।

दुई देशबीच अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेल हुँदैछ।

दुवै टोलीले तेस्रो खेल खेल्न लागेका हुन्। अघिल्ला दुवै खेलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिका विजयी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply