एकैदिन तोलामा ४३ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

फागुन ७
नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ।

गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ यसदिन भने बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको छ।

बुधबार सुन प्रतितोला तीन लाख चार सय रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार हजार तीन सय रूपैयाँ बढेको हो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

बुधबार तोलामा चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार ६० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply