उल्टाखाम–बागफाँटामा मान बहादुर सुनारलाई जनसमर्थनको भरोसा

केशव थापा, फागुन ८
कञ्चनपुर क्षेत्र नम्बर ३ अन्तर्गत भीमदत्त नगरपालिका–२ उल्टाखाम र वडा नं. १९ बागफाँटामा नेकपा उम्मेदवारहरूको घरदैलो अभियानमा स्थानीयको उल्लेखनीय सहभागिता देखिएको छ। चुनावी अभियानका क्रममा पुगेका नेताहरूलाई स्थानीयले साथ र समर्थनको विश्वास दिलाएका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मान बहादुर सुनार र प्रदेशसभा सदस्य प्रकाश रावललाई स्थानीयले नजिकबाट भेट्दै विगतको कार्यशैलीप्रति सकारात्मक प्रतिक्रिया दिएका हुन्। २०४८ देखि २०७९ सम्म चुनाव जितेका केही प्रतिनिधिहरू क्षेत्रमै नफर्किएको गुनासो सुनाउँदै स्थानीयले २०७४ यता भने प्रतिनिधिहरू जनताको घरआँगनमै पुगेर समस्या सुन्न थालेको उल्लेख गरेका छन्।

नेकपा कञ्चनपुरका युवा नेता विरेन्द्रराज विष्टका अनुसार घरदैलो अभियानमा जनताको आत्मीयता र उत्साहले पार्टी नेतृत्व उत्साहित बनेको छ। हामी मत माग्न गएका थियौँ, तर धेरै ठाउँमा स्थानीय स्वयं अघि बढेर समर्थन जनाए, उनले बताए।
२०७४ र २०७९ को निर्वाचनमा विजयी भई प्रदेश तहमा जिम्मेवारी सम्हालेका सुनार र रावलले विकास निर्माण र सेवा प्रवाहमा सक्रिय भूमिका खेलेको दाबी गरिएको छ। उनीहरूको कार्यशैलीका कारण क्षेत्रका मतदाता अझ विश्वस्त बन्दै गएको नेता विष्टको भनाइ छ।
नेकपा नेतृत्वका सरकारहरूले सुशासन र दीगो विकासका क्षेत्रमा गरेका कामको मूल्याङ्कन गर्दै जनलहर बढिरहेको दाबी पार्टीले गरेको छ। कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशभर पार्टीप्रति समर्थन विस्तार हुँदै गएको नेकपाका नेताहरूको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply