बीना मगर जिताउन बेलडाँडीका एमाले–काँग्रेसका नेता कार्यकर्ता नेकपामा प्रवेश

केशव थापा, फागुन १०

कञ्चनपुर – महिला प्रतिनिधि जिताउने अभियानअन्तर्गत बेलडाँडीका एमाले र काँग्रेसका नेता–कार्यकर्तासहित दर्जनौँ महिला नेतृहरू बीना मगरलाई समर्थन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट नेकपाकी उम्मेदवार बीना मगरलाई पुनः संसद्‍मा पु¥याउने उद्देश्यले बेलडाँडीका विभिन्न वडा र गाउँबस्तीबाट एमाले, काँग्रेस लगायत अन्य दल परित्याग गरी नेकपामा प्रवेश गरिएको हो।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य जीवनराज थापाले महिला नेतृ बीना मगरलाई दोस्रो पटक सांसद बनाउन बेलडाँडीमा व्यापक समर्थन बढेको बताए। उनका अनुसार एमाले नेता गगन थापा, महिला नेतृ गीता नगाल, चन्द्र थापा, करनसिंह बडुवाल, राजमती थापा, राधा बोगटी, शुशिला सिंह, करन खड्का, पवि थापा, ललिता चौधरी, जुगमती चौधरी, प्रतिभा थापा, पार्वती खड्का, बेलमती खत्री, जमुना चन्द, बेफानी चौधरी, लैया चौधरी, पुजु थापा, लक्ष्मी कुँवर, कालु चौधरी, बिर्मा चौधरी, सगराग डगौरा, पार्वती जेठारा, निरमा चौधरी, राधिका चौधरी, दिवानी चौधरी लगायतका महिला नेतृहरू नेकपामा प्रवेश गरेका छन्।

०७४ सालमा पनि विजयी बनाएको स्मरण गर्दै यसपटक पनि महिलाका पीडा बुझ्ने नेतृत्वलाई जिताउने अभियानमा जुट्ने उनीहरूले बताएका छन्।

बेलडाँडीकी महिला अगुवा लक्ष्मी सिंहले चुनाव जितेपछि महिलाका समस्यामा विशेष ध्यान दिन आग्रह गरिन्। कार्यक्रममा समानुपातिक उम्मेदवार निरासा चौधरीले क्षेत्रको समग्र विकास र महिला सशक्तीकरणका लागि बीना मगरलाई विजयी गराउन अपिल गरिन्।

वरिष्ठ देउडा गायकसमेत रहेका नेकपा युवा नेता डम्बर खड्काले देउडा गीतमार्फत देश, जिल्ला र क्षेत्रको विकासका लागि नेकपाकी उम्मेदवारलाई जिताउन आह्वान गरे।

आइतबार चुनावी घरदैलो अभियानका क्रममा बेलडाँडी पुगेकी बीना मगरले क्षेत्रका विद्यमान समस्या समाधानमा पुनः प्रतिबद्धता व्यक्त गरिन्। पूर्वमन्त्रीसमेत रहेकी उनले आफू मन्त्री हुँदा भौतिक पूर्वाधार, सिँचाइ, कृषि, शिक्षा तथा पर्यटनका योजना अघि बढाएको उल्लेख गर्दै आगामी दिनमा थप विकासका कामलाई तीव्रता दिने प्रण गरिन्।

नवप्रवेशी नेता–कार्यकर्ताहरूले साविक दलमा रहँदा फरक पार्टीकी उम्मेदवारलाई खुलेर समर्थन गर्न कठिनाइ हुने भएकाले पार्टी प्रवेश गरेरै समर्थन जनाएको बताए। नेकपा बेलडाँडीका युवा नेता डम्बर शाहका अनुसार उम्मेदवारलाई विजयी गराउन जेन–जी युवा, महिला तथा ज्येष्ठ नागरिकसमेत सक्रिय रूपमा अभियानमा जुटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply