फागुन ११
सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा बन्द भएको छ।
नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
आइतबार ६ अर्ब ६९ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब १३ करोड रूपैयाँमा पुगेको छ।
यसदिन ३२९ वटा धितोपत्रको एक करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ११३ कम्पनीको सेयरमूल्य बढेको छ भने १४० वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्।
यसदिन साल्पा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४३९ रूपैयाँ २० पैसा कायम भएको छ।
यस्तै, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.२८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४३२ रूपैयाँ पुगेको छ।
यसैगरी, एनआइबिएल समृद्धि फण्ड २ को मूल्य सर्वाधिक घटेको छ।
उक्त योजनाको मूल्य ४.८१ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ११ पैसा पुगेको छ।
यस्तै, मोलुङ हाइड्रोपावरको मूल्य ४.४२ प्रतिशतले घटेर कित्ता कित्ता मूल्य ३४७ रूपैयाँ ९० पैसा कायम भएको छ।
सोमबार आखुँखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३४३ रूपैयाँमा ३६ करोड २ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेको छ। उक्त कम्पनीको २८९ रूपैयाँमा ३२ करोड १९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी सात समूहको परिसूचक घटेको छ।
यसमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक ०.९० प्रतिशतले बढेको छ।
