दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

फागुन १२
मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

नेप्से २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा बन्द भएको छ।

नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

सोमबार ५ अर्ब १३ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब २३ करोड रूपैयाँमा पुगेको छ।

यसदिन ३२८ वटा धितोपत्रको ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार २१३ कम्पनीको सेयरमूल्य बढेको छ भने ४२ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।

यसदिन साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४८३ रूपैयाँ १० पैसा कायम भएको छ।

यस्तै, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.३१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४७२ रूपैयाँ २० पैसा पुगेको छ।

यसैगरी, नेपाल एसबिआई बैंकको मूल्य सर्वाधिक घटेको छ।

उक्त कम्पनीको मूल्य ४.५८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४०८ रूपैयाँ ८० पैसा पुगेको छ।

यस्तै, आरबिबी म्युचुअल फण्ड-२ को मूल्य ३.४० प्रतिशतले घटेर कित्ता कित्ता मूल्य ९ रूपैयाँ ६६ पैसा कायम भएको छ।

मंगलबार एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता एक हजर ८७१ रूपैयाँमा ३७ करोड ७२ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ५.७१ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा आखुँखोला जलविद्युत रहेको छ। उक्त कम्पनीको ३६५ रूपैयाँमा २४ करोड ६९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसमध्ये होटल्स तथा पर्यटनसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशतले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply