फागुन १४
नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए)को आयोजनामा २०औँ एनएनआइपिए स्पोर्टस् अवार्ड आगामी चैत २० गते हुने भएको छ ।
अवार्ड कार्यक्रम स्थानीय आयोजक बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा हुने एनएनआइपिएका महासचिव शिवसुन्दर गोथेले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकाबाहिर पहिलोपटक उक्त अवार्ड कार्यक्रम हुन लागेको हो ।
विभिन्न २७ खेलका खेलाडीलाई सम्मान गरिने छ । त्यसबाहेक एक/एक पुरुष/महिला सर्वोत्कृष्ट खेलाडी र प्रतिभाशाली खेलाडी, एक पाका खेल व्यक्तित्वलाई गजराज जोशी आदर्श खेल व्यक्तित्व, एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार तथा एक पारा खेलाडीलाई सम्मान गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
