चैत २२
कैलाली – कैलाली वितरक संघले शनिबार धनगढीमा सम्पन्न अधिवेशनमार्फत आफ्नो नयाँ नेतृत्व चयन गरेको छ। अध्यक्ष पदमा महेन्द्रकुमार सिंह चयन हुनु भएको छ भने उहाँको नेतृत्वमा १७ सदस्यीय नयाँ समिति गठन गरिएको छ।
समितिमा भरत खड्का र खेमकुमार चोखाल उपाध्यक्ष, थानेश्वरप्रसाद भट्ट महासचिव, बमबहादुर कुँवर सचिव र प्रमिला भण्डारी कोषाध्यक्ष नियुक्त भएका छन्। सदस्यमा ताराप्रसाद जोशी, सिद्धराज भट्ट, मानसिंह साउँद, भुवनेश्वर भट्ट, रविशकुमार गुप्ता, तेजेन्द्रबहादुर बोहरा, लक्ष्मण सिंह, प्रमिला पाठक, केशव पनेरु, दिनेश ढकाल र दीपेन्द्रबहादुर सिंह रहेका छन्।
अधिवेशनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा प्रमुख अतिथि र नेपाल वितरक महासंघका कोषाध्यक्ष मदनराज न्यौपाने विशिष्ट अतिथि थिए।
अधिवेशनको विशेष आकर्षणको रूपमा समाजसेवा र मानवीय योगदानमा सक्रिय व्यक्तिहरूको सम्मान गरिएको थियो। मानव सेवा आश्रम, आमाको माया छात्रावास र निङ्गलासैनी गुरूकुललाई जनही ५,१०० नगदसहित प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ। साथै, रक्तदाता दीपक उपाध्याय र संघका सल्लाहकार पदमराज भट्ट तथा जङ्गबहादुर बोगटीलाई पनि विशेष सम्मान दिइएको छ।
कैलाली वितरक संघले यस अधिवेशनमार्फत केवल नयाँ नेतृत्व चयनमा सिमित नरहेको, समाजसेवा र योगदानको प्रोत्साहन गर्दै समुदायमा सकारात्मक छवि निर्माण गर्ने संदेश पनि दिएका छन्। संघको यो पहलले व्यवसायिक नेतृत्वसँगै सामाजिक उत्तरदायित्वलाई पनि जोड दिने दृष्टान्त प्रस्तुत गरेको छ।
