समाजसेवी शिव बिष्टद्वारा बुवा–आमाको सम्मानमा पुनर्वास का १४ विद्यालयमा अक्षयकोष स्थापना

धनबहादुर बि क –
पुनर्वास २३ चैत
अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी शिव बिष्ट ले आफ्ना बुवा–आमाको सम्मानार्थ पुनर्वास क्षेत्रका १४ वटा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्।

उनलेे विभिन्न समयमा पुनर्वास का १४ सामुदायिक बिद्यालय मा ८ लाख ५० हजार ४४८ रूपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन ।

सबैभन्दा बढि पुनर्वास ५ भानुबस्तिमा रहेको श्री गौरी शंकर मावि मा १लाख २५हजार ५२५ र दक्षिणी क्षेत्र कै अग्रणी बिद्यालय पुनर्वास जनता मावि पुनर्वास ६ मा १लाख ११हजार १११ रूपैया अक्षयकोष स्थापना गरेका छन भने पुनर्वास ६ कै श्री जीवन ज्योति मावि , श्री जनशक्ति आधारभुत बिद्यालय बिरबलभद्र बस्ति , सरस्वती मावि मोतिबस्ति , गोरखा आधारभुत अरनिको बस्ति , अरनिको आधारभुत अरनि बस्ति , राष्ट्रिय आधारभुत बिद्यालय पराशन , चन्द्रवाल आधारभुत बिद्यालय सिमरि , बाल बागेश्वरि मावि बुद्ध बस्ति च गाउँ , दुर्गा माध्यमिक बिद्यालय जनक बस्ति घ गाउँ , ऐश्वर्य आधारभुत बिद्यालय दशरथ बस्ति , राष्ट्रिय मावि पुनपा ११ अमरबस्ति , बागिश्वरी मावि पृथ्वी बस्ति लगायत प्रति बिद्यालय ५१ हजार १५१ रूपैयाँ दरले ८ लाख ५० हजार ४४८ रूपैया बिष्टले अक्षयकोष स्थापना गरेका छन ।

बिष्टले बुवा बिश्वनाथ बिष्ट आमा बिष्नु कुमारी बिष्ट , आमा ईन्दु कडारिया बिष्ट , श्रीमती गोमा बिष्ट मार्फत अक्षयकोष रकम बिद्यालय मै गई हस्तान्तरण गर्दै आएका छन भने बिद्यालय ले पनि सम्मान स्वरूप बिद्यालय मा आयोजना हुने समारोहबीच शिव बिष्ट का अभिभावक लाई सम्मान गर्दै आएको छ ।
त्यसैगरी पुनर्वास ८ स्थित श्रीनिवास दिव्यधाम मा नगद १ लाख १००० रकम प्रदान गरि आजिवन सदस्य बनेका छन ।

त्यसतै आफुले पढाएको निजि बिद्यालय श्री युग ज्योति एकेडेमी माविमा अध्ययनरत बालबालिकालाई न्यानो लुगा तथा स्टेसनरी प्रदान गर्दै आएका छन ।
समाजसेवी बिष्टले १४ बिद्यालय मा अक्षयकोष स्थापना संगै पुनर्वास ६ स्थित विकट सुकुम्बासी बस्तिमा रहेको स्थानीय बाल जागृति आधारभुत बिद्यालय का गरिब विपन्न बालबालिकालाई न्यानो लुगा तथा स्टेसनरी समेत वितरण गरेका छन ।

शिक्षा क्षेत्रमा दीर्घकालीन सहयोग पुर्‍याउने उद्देश्यसहित उनले यो महत्वपूर्ण सामाजिक कार्य सम्पन्न गरेका हुन्।

बिष्टले आफ्ना बुवा–आमाबाट प्राप्त संस्कार, शिक्षा र प्रेरणालाई सम्झँदै उनीहरूको सम्मानमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको बताए। उनका अनुसार समाजप्रति उत्तरदायी नागरिक बन्न सिकाउने आफ्ना अभिभावकप्रति कृतज्ञता व्यक्त गर्ने यो एउटा प्रयास हो।

बिष्टका अनुसार आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन बाध्य विद्यार्थीहरूलाई सहयोग पुर्‍याउने लक्ष्यसहित अक्षयकोष स्थापना गरिएको हो। प्रत्येक विद्यालयमा स्थापना गरिएको उक्त कोषबाट प्राप्त ब्याज रकम गरिब तथा जेहेन्दार विद्यार्थीहरूको छात्रवृत्ति, शैक्षिक सामग्री तथा अन्य आवश्यकतामा खर्च गरिने गरेको पुनर्वास जनता मावि का प्रधानअध्यापक मानबहादुर तामाङले बताए ।

समाजसेवी शिव बिष्टले विदेशमा रहेका नेपालीहरूले आफ्नो मातृभूमिको विकासमा सानो योगदान गरे पनि ठूलो परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरे। “शिक्षामा गरिएको लगानी कहिल्यै खेर जाँदैन, यसले समाजलाई दीर्घकालीन रूपमा सक्षम बनाउँछ,” बिष्टले बताए।

स्थानीय विद्यालय व्यवस्थापन समितिहरूले पनि यस पहलको प्रशंसा गरेका छन्। उनीहरूले अक्षयकोषले विद्यालयको शैक्षिक स्तर उकास्न र विद्यार्थीहरूलाई निरन्तर अध्ययनमा प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

अक्षयकोष रकमको ब्याज बाट बर्सेनि धेरै बालबालिका को पढाइमा प्रत्यक्ष टेवा पुग्ने गरेको श्री जीवन ज्योति माविका प्र अ भरत कुमार बस्नेतले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply