कारागारभित्र विवाद नियन्त्रणमा, घाइतेको उपचार जारी

हेमा भट्ट
कञ्चनपुर, चैत २५ – कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ भगतपुरस्थित कारागारमा आज दिउँसो करिब १२ बजे थुनुवा तथा कैदीबीच सामान्य विवाद हुँदा झै-झगडाको स्थिति सिर्जना भएको छ। कारागार प्रशासनका अनुसार केही कैदीबीच भएको होहल्ला र गालीगलौचका कारण अवस्था तनावपूर्ण बने पनि प्रहरीको सक्रियतामा स्थिति छिट्टै नियन्त्रणमा लिइएको थियो।

घटनामा संलग्नमध्ये ५ जना कैदी घाइते भएका छन्। उनीहरूलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पठाइएको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको जनाइएको छ।

प्रहरीले घटनापछि थप सुरक्षा सतर्कता अपनाउँदै प्रहरी निरीक्षकको कमाण्डमा १९ जनाको टोली खटाएर कारागार क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको जनाएको छ।

प्रशासनले यस घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक छानबिन अघि बढाएको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्था थप सुदृढ बनाइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply