पुनर्वास मा सुभारम्भ भयो पाँच दिने योग बिज्ञान शिविर

धनबहादुर बि क
पुनर्वास २५ चैत
जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास मा बुधबारदेखि पाँच दिने योग शिविर बिज्ञान को सुभारम्भ भएको छ ।

योग गरौं स्वस्थ रहौं भन्ने मुल नारा सहित प्रत्येक बिहान पाँच बजेदेखि सञ्चालन हुने उक्त पतञ्जली बिज्ञान योग शिविरको उद्घाटन पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्माले गर्नुभएको थियो ।

उक्त योग शिविर पुनर्वास नगरपालिका ६ स्थित स्थानीय श्री युग ज्योति एकेडेमी माविमा सञ्चालन भईरहेको छ ।

योग शिविरको उद्घाटन गर्दै नगर प्रमुख शर्माले भन्नुभयो , मानिसको लागि योग , प्राणायाम नभई नहुने बिषय रहेछ , मान्छेलाई जसरि गाँस वास कपास को आवस्यक पर्दछ योग प्राणायम अझ बढि आवस्यकता को बिषय रहेछ शर्माले बताउनुभयो ।

शिविरमा पतंजली योग समिति नेपाल केन्द्रीय प्रभारी लवदेव मिश्र तथा योग शिक्षक लोकनाथ खनाल मुख्य प्रशिक्षण रहनुभएको छ । योग शिविर उद्घाटन को पहिलो बिहान योग गुरु लवदेव मिश्र ले जबसम्म मानवीय विकास हुदैन अरू जतिसुकै विकास भएपनि कुनै अर्थ लाग्दैन , नगरमा विकास त भयो तर मान्छे स्वस्थ्य भएनन भने अन्य विकास ले कुनै अर्थ लाग्दैन उहाँले बताउनुभयो योग बिज्ञानको माध्यमबाट मानिसको शरिरमा हुने १०१ रोग हरू सहजै निर्मुल पार्न सकिने योग गुरु मिश्र ले दावि गर्नुभयो योग को माध्यमबाट रोग निवारण सम्भव छ भन्ने प्रश्न मा योग गुरु मिश्रले भन्नुभयो योग ले मानिसमा हुने थुप्रै रोग संग लडन सक्ने प्रतिरोधात्मक क्षमताको वृद्धि गर्छ ।

योग ले मानिसलाई निरोगी मात्रै गराउदैन यसले मान्छेलाई अनुशासित बनाउछ , रोग निको पार्न मद्दत पुर्याउछ , तनाव कम गराउन मद्दत गर्छ , त्यसैले पनि प्रत्येक नागरिकको जिवनमा योग आवस्यक छ मिश्र ले बताउनुभयो ।

पतंजली नगर योग समिति पुनर्वास ले आयोजना गरेको पाँच दिने योग शिविरमा पहिलो दिन नै करिब १०० जना महिला पुरूष , तथा युवायुवती हरूको सहभागिता रहेको थियो ।

योग शिविर सञ्चालन व्यवस्थापन का लागि पुनर्वास नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
करिब एक महिना अघि पुनर्वास नगरपालिका शिक्षा शाखा को आयोजनामा पुनर्वास का २९ सामुदायिक बिद्यालय का शिक्षक लाई सहभागी गराई पतंजली योग समिति नेपाल प्रभारि लवदेव मिश्रले एक साता योग तालिम गराई सहभागी शिक्षक हरूकै रोहबरमा शिक्षक सन्तोष भक्त पौडेलको अध्यक्षतामा १४ सदस्यीय पतंजली नगर योग समिति गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply