हेमा भट्ट, वैशाख २३
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ पारीफाँटा स्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको दुःखद निधन भएको छ भने दुई जना घाइते भएका छन्।
मिति २०८३ वैशाख २३ गते साँझ करिब ६:१० बजे भएको दुर्घटनामा म २ प ५०५५ नम्बरको मोटरसाइकल र से ६ प ५९१३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा घाइते भएका तीनै जनालाई तत्काल उपचारका लागि धनगढी पठाइएको थियो।
उपचारकै क्रममा से ६ प ५९१३ नम्बरका चालक मिनबहादुर जागरीको सेती प्रादेशिक अस्पताल धनगढीमा निधन भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको उपचार भइरहेको छ।
घटनापछि इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले दुवै सवारी नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ। सडकमा सावधानी, गति नियन्त्रण र ट्राफिक नियम पालनाले यस्ता दुःखद घटना न्यूनीकरण गर्न सहयोग पुग्ने देखिन्छ।
