काठमाडौँ, जेठ १४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले हरेक पर्वले नेपालीबिच प्रेम, करुणा, त्याग, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकताको भावना प्रगाढ बनाउँदै जाने बताउनुभएको छ ।
राष्ट्रपतिले बकर इदका अवसरमा शुभकामना दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले बकर इदपर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । “मुस्लिम समुदायबाट यस पर्वका अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर जानु पर्छ । विश्वास, समर्पण र समाजसेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विश्वका विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबिच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सहअस्तित्व कायम हुने छ,” उहाँले भन्नुभएको छ । यस्ता पर्वले आआफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्धन र विकासमा टेवा पुग्ने अपेक्षा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । विविधताबिचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै जाने बताउँदै उहाँले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो ।
यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा मनाइने बकर इदपर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउने बताउनुभएको छ । बकर इदका अवसरमा शुभकामना दिँदै उपराष्ट्रपतिले यस पर्वले सबैलाई आपसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गर्नुभएको हो ।
उपराष्ट्रपतिले बकर इदले विपन्न तथा सहयोगको आवश्यकता भएकालाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई सुदृढ बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “धार्मिक महìवसँगै सामाजिक र सांस्कृतिक दृष्टिले पनि यो पर्वले सामूहिकता, सहकार्य र मानवताको उच्च मूल्यलाई उजागर गर्छ,” उहाँले भन्नुभयो ।

