धान दिवस र किसानका समस्या

कञ्चनपुर,
हरेक असार १५ गते नेपालमा धान दिवस मनाईन्छ । कृषिसंग सम्बन्धित सरकारी कार्यालय, किसान संघ संगठन एव किसानले धान दिवस मनाउँदै आएका छन ।

सरकारी कार्यालयसंग दिवस मनाउनका लागि बजेट हुन्छ । त्यही बजेटमा दिवस मनाउने गरेका छन । किसान संघ संगठन एव असंगठित किसानले बिना बजेट आफ्नै निजी खर्चमा दिवस मनाउने गरेका छन ।

वास्तविक किसानको आफ्नो भूमिमा मेहनत गरेर अन्न फलाउने केन्द्रीत हुन्छ, भने सरकारी कृषि संग सम्बन्धीत कार्यालयलाई आएको कार्यक्रम बजेट सक्न केन्द्रीत हुन्दा किसान र कार्यालयको स्वार्थ बाँझिने गरेको छ ।

काममा थकित किसानलाई उर्जा प्राप्तका लागि हरेक असार १५ मा दिवस मनाईन्छ । कञ्चनपुरमा पनि कृषिसंग सम्बन्धीत कार्यालयले दिवस मनाउने गरेका छन । ०७९ मा आईपुग्दा १९ औँ धान दिवस मनाईन्छ । सरकारी कार्यालयका लागि दिवस औपचारिकतामा सीमित छकञ्चनपुरमा पनि कृषिसंग सम्बन्धीत कार्यालयले दिवस मनाउने गरेका छन । ०७९ मा आईपुग्दा १९ औँ धान दिवस मनाईन्छ ।

सरकारी कार्यालयका लागि दिवस औपचारिकतामा सिमित हुन्छ । विदेशबाट धान अायात गर्नुपर्ने बाध्यताका किसानका कृषिबालीका समयमा समयमै मलखाद, बिउबिजन नपाउने समस्याबाट तडपिरहेको अवस्थामा दिवसका नाममा फजुल खर्च गर्ने जस्ता कार्य प्रभावकारी हुन हुँदै आएका छन ।

दिवस दिवसका नाममा सीमित हुने र वास्तविक किसानका समस्या पहिचान गरेर समाधान तर्फ सकैको ध्यान जाँदैन भन्दै किसान रुष्ट भएका छन । खेतीपातीका लागि चाहिने मलखाद, बिउबिजन एव अनुदान जस्ता सेवा सुविधा नदिने तर, दिवसका दिन सस्तो लोकप्रियता एव काम देखाउन बजेट पचाउनका लागि उत्साहित भईरहेको किसानले गुनासो गरेका छन ।

केही बर्ष अघि धान दिवसमा अति नै उमङगतामा रमेका एव आफ्नो मार्यादा बिर्सिएर महिला किसानमाथी अभद्र व्यवहार गर्ने तत्तकालिन कृषिमन्त्री हरि प्रशाद पराजुलीको जागिर नै गएको थियो ।

१९औँ धान दिवस मनाउने कार्यक्रममा कञ्चनपुरमा लफडा मच्चिएको छ । किसानले धान दिवस मनाउन गएका कृषिसंग सम्बन्धीत कार्यालयका कर्मचारीसंग बजेट पचाउने कार्यक्रम औपचारिकतमा सीमित भएको भन्दै प्रश्न गरेका छन ।
बुधबार बिहान मेसिन मार्फत भीमदत्त नगरपालिका ५ मा धानदिवस मनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(धान जोन) मुख्य आयोजक र कृषि ज्ञान केन्द्र कञ्चनपुरको सहयोगी आयोजकमा आयोजित धान दिवस कार्यक्रममा लफडा मच्चिाएको छ । किसानले आफुहरुका समस्या नबुझ्ने, पहुँचवालालाई अनुदान दिने, सिँचाई, यान्त्रिकरण दिने एव अन्य कृषि सेवा सुविधा हुने कार्यक्रम पनी उनैलाई दिने, वास्तविक किसानलाई वेवास्ता गर्ने, गैर किसानलाई दिने, हरेक आयोजनामा कमिसन लिने, बजेट सक्न कार्यक्रम गर्ने भन्दै कृषिका अधिकारी समक्ष गुनासो पोखेका थिए ।

 

कृषिसंग सम्बन्धीत कार्यालयले दिवस मनाउन फजुल लाखौँ खर्च गर्नुभन्दा किसानका लागि समयमै मलखाद बिउबिजन उपलब्ध गराउन सुझाव दिएका थिए । वडामा हुने कार्यक्रममा जनप्रतिनिधीलाई वेवास्ता गरेर बजेट दोहन कार्यक्रम राख्ने कार्य बन्द गर्न समेत चेतावनी दिएका थिए ।

 

कार्यक्रममा भीमदत्त नगरपालिका ५ का जनप्रतिनिधीले नै उक्त कार्यक्रमको बिरोध गरेका छन । बजेट दोहन ज्ञान जोन क्षेत्र नभएको घडेरीमा रहेका किसानका खेतमा ठुलठुला मेसिन ल्याएर खनजोत गर्ने कार्य निन्दनिय भएको बताए ।

 

औपचारिक कार्यक्रममा बोल्न नदिएपछि भीमदत्त नगरपालिका ५ का वडाध्यक्ष पदमराज अवस्थीले वास्तविक किसानले समयमै मलखाद, बिउबिजन, सिँचाईका लागि न विद्युत न मोटर दिने र खाली बजेट दोहनका लागि औपचारिक कार्यक्रम गर्ने भन्दै कृषिका अधिकारी समक्ष झकाझक गरेका थिए । ‘यहाँ विपन्न एव गरिब किसान छन, ‘उनले भने, ‘चाहिएका बेला दुई किलो मल दिन नसक्ने, आज बजेट सक्न लस्करका लस्कर दिवस मनाउन आउने ।’

 

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर विष्टले दिवस मनाएको बताए । ‘मुख्य आयोजक धान जोन हो, हामी सहायक हौँ, ‘उनले भने, ‘त्यहाँ कुनै विवाद भएन, म पनि सहभागि थिए, मैले त देखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply