कैलाली :- धनगढीउप–महानगरपालिका वडा नं. १ कैलालीमाअवस्थित जय मालिकाकलेज BSW मा अध्यनरत समूहकाविद्यार्थीले वनभोज स्थल गोदावरीको सरसफाई कार्यक्रम संचालन गरेका छन् ।
सुदुर पश्चिमप्रदेशको राजधानी गोदावरी धार्मिक एवं पर्यटकिय रुपमा अगाडी बढिरहेको वर्तमान परिपेक्षमा त्यस क्षेत्रमा यतिवेला कैलाली, कन्चनपुर लगायत देशका विभिन्न स्थलबाट वनभोजका लागि विभिन्न संध सस्था, कार्यालय तथा समूहमा मानिसको घुइचो नै लागि रहेको छ । अहिले वनभोजको समय भएकाले शनिवार वनभोजकालागि स्थान पाउन कुर्नुपर्ने अवस्था हुन थालेको छ। यस क्षेत्रमा सरसफाई, खानेपानी, शौचालय, विश्रामस्थल, मनोरन्जन स्थल तथा वनभोजकालागि आवश्यक सामाग्री व्यवस्थापनको अभावले मानिसहरुले एकदमै सास्ती व्योहोर्नुपरेको अवलोकन का लागि आउने मानिसहरू बताउँछन । अव्यवस्थित रुपमा वनभोज संचालनले वातावरण प्रदुषण बढिरहेको स्थानीयले बताएका छ
छन । अझ प्रष्ट रुपमा भन्नु पर्दा स्थानिय निकायले यस प्रति बढि चासो दिनुपर्ने देखिन्छ जसवाट यसलाई एउटा आयआर्जनको राम्रो श्रोतको रुपमा विकास गर्न सकिन्छ । यि विविध समस्या प्रतित् यहाँ आउने मानिसलाई सचेत बनाउन तथा सम्बन्धित निकायको यस प्रति गहिरो ध्यानकर्षण गराउनका साथै सामाजिक कार्य विषय लिएर अध्ययनरत विद्यार्थीलाई पनि सामाजिककार्यमा कसरी संलग्नहुन सकिन्छ भन्ने प्रयोगात्मक ज्ञान दिन यो एक उदाहरणिय वनभोज स्थल सरसफाई कार्यक्रमको आयोजना गरिएको कुराको जानकारी साहयक क्याम्पस प्रमुख मिन शाहीले दिनुभयो । यस क्षेत्रमा देखिएका विविध समस्यालाई समय मै निराकरण गरी अहिलेको मानिसका माग बमोजिमका थप मनोरन्जनका साधानको व्यवस्थापन गर्न सकेको खण्डमा यो क्षेत्र सुदुर पश्चिम कै एक पर्यटकिय क्षेत्रको रुपमा अगाडी बढाउन सकिने कुरामा दुइमत नरहने बिज्ञहरू बताउँछन् ।
सैद्धान्तिक ज्ञानका साथ साथै यसरी समाजका हरेक गतिविधिमा विद्यार्थीलाई प्रत्यक्ष संलग्न गराउदा ज्ञानको दायरा गहिरो हुदै जाने र विद्यर्थीहरु पनि राज्यप्रति थप जिम्मेवार हुने कुरा BSW प्रथमवर्षमाअध्ययनरत छात्रा सोनिया महराको तर्क रहेको छ ।
नयाँ व्यवस्थापनका साथ संचालित यस जयमालिका कलेजले विद्यर्थाीहरुलाई समाजका थुप्रै समस्याहरुसँग प्रत्यक्ष जुध्न लगाइ उनीहरुको क्षमताविकासमा टेवा पुर्याइ सक्षम व्यक्ति निमार्णमा महत्वपूर्ण भूमिका खेलेकाले कलेज प्रतिविद्यार्थीको आर्कषण दिन का दिनबढिरहेको जानकारी क्याम्पस प्रमुख सी वी चन्दले धारणा व्यक्त गर्नुभयो ।