भीमदत्त नगरमा फारवेष्टर्न टुरिज्म मार्ट : भारत-नेपाल पर्यटन सहकार्यको नयाँ ढोका

हेमा भट्ट २४ बैशाख २०८२
कञ्चनपुर -सुदूरपश्चिम प्रदेशको पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित कञ्चनपुरको भीमदत्त नगरपालिकामा ‘फारवेष्टर्न टुरिज्म मार्ट’ आयोजना हुँदैछ। नेपाल पर्यटन बोर्ड र स्थानीय तहको संयुक्त प्रयासमा आयोजना हुन लागेको यस कार्यक्रमले नेपाल–भारत पर्यटन व्यवसायीहरूबीचको सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

उक्त तीन दिने महोत्सवमा भारतका प्रमुख शहरहरूबाट आएका पर्यटन व्यवसायीहरूलाई सुदूरपश्चिम तथा अन्य नेपाली गन्तव्यको प्रत्यक्ष जानकारी दिइनेछ। टुर प्याकेज विकास, पर्यटक आकर्षण रणनीति र सम्भावित चुनौतीहरूमाथि विज्ञहरूबाट गहन छलफल गरिने बताइएको छ। साथै, महाकाली र कर्णाली नदीको र्‍याफ्टिङ, टीकापुर, शुक्लाफाँटा जस्ता स्थलको अवलोकन गराएर व्यावहारिक जानकारी समेत प्रदान गरिनेछ।

कार्यक्रममा सरकार, व्यवसायी, सञ्चारकर्मी र विज्ञको सक्रिय सहभागिता रहनेछ। यसले पर्यटन प्रवर्द्धनलाई मात्र होइन, सीमापार व्यापार, संस्कृति आदानप्रदान र स्थानीय रोजगारी सृजनामा समेत योगदान पुर्‍याउने विश्वास लिइएको छ।

यसरी सुदूरपश्चिममा आयोजना हुन लागेको फारवेष्टर्न टुरिज्म मार्टले क्षेत्रीय पर्यटन विकासमा नयाँ आयाम थप्ने सम्भावना बोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply