राष्ट्रपति बन्न दबाब दिएको छैन, निर्णय भए स्वीकार्छुः अष्टलक्ष्मी शाक्य

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीले संस्थागत निर्णय गरेमा राष्ट्रपति हुने इच्छा व्यक्त गरेकी छन् । एमाले बागमती प्रदेश संसदीय दलको निर्वाचन प्रक्रिया तथ नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रमका लागि हेटौँडामा रहेकी शाक्यले राष्ट्रपतिमा पार्टीले पठाए पछि नहट्ने बताइन् ।

उनले अवसर आउँदा आफू कहिल्यै पछि नपरेको भन्दै राष्ट्रपतिका लागि पनि पछि नहट्ने बताएकी हुन् । राष्ट्रपतिका लागि आफूले व्यक्तिगत दबाब नदिएको बताउँदै शाक्यले पार्टीको संस्थागत निर्णयमा विश्वास गर्ने उल्लेख गरिन् ।

उनले पार्टीमा माधव नेपाललाई ल्याउनुपर्ने बताइन् । आफूले नेपाललाई एमालेमै फर्कन पटक-पटक आग्रह गरिरहेको बताउँदै नेपाल फर्किएर पार्टीलाई बलियो शक्तिका रूपमा स्थापित गराउनुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply