महाकाली माद्यामिक विद्यालयले मनायो विश्व वातावरण दिवस

 कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ बस्नतपुर बालुवाफाँटामा रहेको महाकाली माद्यामिक विद्यालयमा विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । सो अवसरमा स्कुलका विद्यार्थीहरुले कविता, लेख, आदि मार्फत वातावरणका विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमको विद्यालयमा प्रधानाध्यापक भरत तिरुवाले बिग्रंदै गएको वातावरणप्रति सबै सचेत रहनुपर्ने बताउँदै विद्यार्थीलाई वातावरण संरक्षण हुने खालका काम गर्न आग्रह गरेका थिए ।

जेष्ठ २२ अर्थात जुन ५ तारिक संसारभर विश्व वातावरण दिवस मनाइन्छ । विश्व वातावरण दिवसको स्थापना सन् १९७२ मा भएको हो भने यो दिवस मनाउन चाहिँ १९७४ बाट युएनले सुरु गर्‍यो । विश्व वातावरण दिवसको नारा ‘प्लाष्टिक प्रदुषण मुक्त पारौं, सकेसम्म पुन प्रयोग नसके बहिष्कार गरौं’ भन्ने रहेको छ । विश्व वातावरण दिवसको अवसर पारेर जिल्लाका सबै स्थानीय तहहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply