सुदूरपश्चिम समाज माल्टाको अध्यक्षमा समाजसेवी दिपक सिंह ठगुन्ना सर्वसम्मत चयन भएकाछन् । जुन ४ तारिख २०२३ जेष्ठ २१ गते माल्टामा भएको सदूरपश्चिम भेलाबाट सुदूरपश्चिम घरभई हाल माल्टामा बस्दै आएका ठगुन्ना अध्यक्षमा सर्वसम्मत चयन भएकाहुन् ।
सुदूरपश्चिमबाट युरोपको माल्टामा रोजगारीको सिलसिलामा गएका नेपालीहरुको हकहितको लागि काम गर्न र अफ्ठयारोमा साथ दिनको लागि सुदूरपश्चिम समाज माल्टा गठन गरिएको अध्यक्ष ठगुन्नाले बताए । नरेन्द्र बहादुर पाण्डेको अध्यक्षतामा भएको भेलाले दिपक सिंह ठगुन्नाको अध्यक्षतामा १३ सदस्सीय कार्यसमिति सर्वसम्मत गठन गरेको हो ।
समाजको उपाध्यक्षमा जनक कुँवर, महिला उपाध्यक्ष तबिता क्षेत्री, महासचिब शिब बिक (शिशिर) सचिब सुमित महरा रहेकाछन् । सदस्यमा क्रमशः गणेश बहादुर साउद, रमेश बहादुर ऐर, पवन साउद, डम्बर बहादुर ऐर,शिक्षिता कार्की र नरेश बोहरा रहेकाछन् भने सल्लाहकारमा नरेन्द्र बहादुर पाण्डे, बलदेव भण्डारी र कृष्ण बहादुर बिष्ट रहेकाछन् ।
सरल स्वभाव र स्वच्छ छवि भएका ठगुन्ना नेपालमा रहँदा पनि समाजसेवाको काममा सधैं अग्रसर हुने गर्थे, मानवीय मन भएका ठगुन्ना समाजमा कोहीपनि समस्यामा पर्दा, दुःखी बिरामी हँुदा सुखदुःखमा साथ दिन अगाडी सर्ने गर्थे । यीनै समाजसेवी ठगुन्नाले माल्टामा पनि सकेजति मानवसेवाको काम गर्दै आइरहेकाछन् ।
माल्टामा काम गर्दैगर्दा नेपालीहरु एक हुनुपर्ने विचार उनको मनमा आयो । देशभन्दा बाहिर रहेका नेपालीहरु एकघरका पविारका सदस्य भएकोले परिवार झैं मिलेर बस्नुपर्ने सोचले ठगुन्नाले सुदूरपश्चिम समाज माल्टाको गठनको लागि समन्वयको भूमिका खेलेको कोषाध्यक्ष दिनेश नागरीले बताए । यसै समाजबाट माल्टामा रहेका सबै नेपालीलाई जोडेर लैजाने भूमिका आफूले खेल्ने अध्यक्ष ठगुन्ना बताउँछन् ।
पत्रकार तथा मानवअधिकारकर्मी धनराज विकले सहयोगी मिलनसार ठगुन्नाले गरेको समाजसेवाको कामको समाजमा सकारात्मक प्रभाव परेको बताए । अचेल समाजमा मानिसहरु व्यक्ति केन्द्रित भईरहेको बेलामा समाजसेवाको काम गरेर ठगुन्नाले आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको बिकले बताए । विक भन्छन्,“नेपाल घरबिदामा आएको बेला दिपक सर संग मेरो भेट भयो । भेटमा युरोपमा कुनैपनि विभेदको महसुस गर्नु प्रदैन । तर नेपालमा हुने जातीय छुवाछूतले गहिरो जडा गाडेकोले सामाजिक परिवर्तनमा चुनौती देखिएको भन्दै जातीय छुवाछूतको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनु भएको थियो ।
समाजको कोषाध्यक्ष समेत रहेका दिनेश नागरीले ठगुन्नाको महत्वपूर्ण सहयोगले आफू सजिलै माल्टा देशमा पुगेको बताए । धेरै नेपालीहरु वैदेशिक रोजगारमा जाने क्रममा ठगिएकाछन् । मेरो पनि युरोप जाने सपना पूरा भएको भन्दै ठगुन्नाको सहयोगी व्यवहारबाट आफू धेरै प्रभावित भएको उनले बताए । वैदेशिक रोजगारमा रहेर देशमा रेमिटयान्स पठाई योगदान गर्ने नेपालीको सरकारले मानवअधिकारको रक्षा गर्नुपर्ने महासचिब शिब बिकले बताए । आफ्नो देशको सरकारको अभिभावत्वको भूमिका वैदेशिक रोजगारमा रहेका सबै नेपालीले खोज्ने गरेकोले सरकारले आफ्नो संरक्षकको दायित्वर जिम्मेवारी पूरा गर्नुपर्ने समाजका सल्लाहकार नरेन्द्र बहादुर पाण्डेले बताए ।
