तराई भु-परिधि कार्यक्रम (Tal) कंचनपुर र सामुदायिक बन समन्वय समिती cfcc कंचनपुरको सहकार्य मा आयोजित १५ दिने वेत र बास बाँट फ़र्नीचर निर्माण तालीम सम्पन्न भएको छ ।
कृष्णपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष अर्जुन साउद कार्यक्रममा प्रमुख अतिथी बिशिस्ट अथितिमा विभिन्न सामुदायिक वनका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथी वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन साउले नेपालले आगमी दिनहरुमा पनि यस्तै खालका रचनात्मक र आत्मनिर्भर हुने तालीम तथा कार्यक्रम हरु ल्याउने प्रतिबद्धता ब्यक्त गर्नु भयो तालीममा सहभागी सबैलाई आफु लगन भएर सिकेका कामलाई निरन्तरता दिन अनुरोध गर्दै आफुले वार्ड बाँट पनि संक्दो सहयोग गर्ने प्रतिबद्ता गर्नु भयो । साथै अहिले सिकेको सिपलाई निखर्दै आयआर्जन गर्न सफल हुने मा आफु बिश्वास्त रहेको बताउनु भयो । कार्यक्रम मा प्रशिक्षार्थी को तर्फ बाँट आफ्नो भनाई राख्दै एक सहभागीले तालीम अत्यन्तै लाभदायक भएको बताउदै आयआर्जन समेत गर्न सक्छु भन्ने लागेको बताउनु भयो । साथै प्रशिक्षाथी ले हामी संग प्रायप्त स्रोत र साधन को अभावले केहि कठिनाई हुन्छ कि भन्ने लागको र स्रोत र सांधन सामुदायिक वन , वडा कार्यलय , नगरपालीकाले उपलव्ध गराई दिएमा यहि काम लाई निरन्तर दिई पेशा को रुपमा समेत लान सकिने बताउनु भयो ।समापन कार्यक्रम एस्वर्या सामुदायिक बनका सचिव तथा कार्यक्रम संयोजक
नरेस प्रशाद भट्टले संचालन गर्नु भएको थियो ।
