धनगढी । स्थापनाको सोच र प्रारम्भ हाम्रा वरपर विभिन्न श्रोत र परिस्थितिहरु हुन्छन तर त्यसलाई पहिल्याउन, दोहन गर्न र सामाजिक हितमा परिचालन गर्ने सोच निर्माण गर्नसक्नु महत्वपुर्ण मानिन्छ । अहिले जुन भौगोलिक अवस्थितिमा हामी संस्थाको लोकार्पण गर्दछौ, यो सु।प। प्रदेशको एक महत्वपूर्ण केन्द्र हो। सामाजिक सक्रियता र सकारात्मक अभ्यासहरूको अभावका कारण पिछडिएको छ । सुपको केन्द्र भएतापनि जिल्लाको सदरमुकाम भन्दा टाढा रहेको कारण यो परिस्थिति निर्माण भएको हुन सक्छ तर मुलुकले गरेको राज्यको पुर्नसंरचना पछि सरकारका अधिकारहरुको न्यायोचित संयोजन गरेमा यो क्षेत्रमा विकासको गति गर्न सकिन्छ भन्ने सोच हामीमा निर्माण भयो । यहाँका अवस्था, प्राकृतिक श्रोतहरु, सांस्कृतिक परिस्थिती, उब्जाउ माटो, व्यापारीक र राजनैतिक राजधानी सँगको पहुँच हेर्दा पर्यटनको तिव्र विकास गर्न सकिन्छ भन्ने निर्णयमा हामी पुग्यौ । निर्णय साकार गर्न व्यक्तिबाट सम्भव नभएपछि संस्थागत रुपमा अगाडी बढ्नुपर्ने धारणा बन्यो। यिनै निर्णय र धारणाले २०७१ असोज ६ गते पहिलो छलफल बाट एक समितिले जन्म लिएको हो। कृष्णपुर ९ का वडा अध्यक्ष कैलाश बलायर को अभिवाकत्वमा तयार भएको पर्यटन विकासको मान्यताले आज १ वर्ष पछि मुर्तरुप प्राप्त गरेकोमा हार्पित छौं ।
यो धारणा कृष्णपुर ९ बाट सुरवात गरिएता पनि समग्रमुलको राजनैतिक व्यवस्था, देशको नियम कानून नागरिक हकहित र सामाजिक समृद्धि हाम्रो अन्तिम लक्ष्य हो । यस विचमा हाम्रा मान्यता साकार पार्न कृष्णपुरका नगरप्रमुख हेमराज ओझा सहित वन वातावरण प्राविधिक क्षेत्रका मित्रहरु, जनप्रतिनिधिहरु र समाज सेवीहरु उपस्थित भई यस क्षेत्रमा पर्यटन विकासको चरणवद्ध अवधारणा प्रस्तुत गरि, नागरिक अगुवाको समर्थन समेत प्राप्त भएकोमा नगर प्रमुख सहित वहाहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौ । स्वासगरि स्थानिय सरकार कृष्णपुर नगरपालिका र बाल यो संस्थाका धन्यवादका पात्र हुन् । यस संस्थाको सुरुवात र स्थापनामा गरेको महत्वपूर्ण सहयोग र योगदानको लागि कृष्णपुर नगरपालिकालाई विशेष कदर गर्दै आगामी कार्यक्रममा निरन्तर साझेदारीका लागि अनुरोध गर्दछौ ।
दृष्टीकोण हामी साधारण तथा वाटो, पुलपुलेसा र अन्य पुर्वाधार विकासलाई विकासको सुचक ठान्दछ । वास्तवमा यी पुर्वाधार जनजिविका लाई सहज बनाउने आधारभुत तत्व मात्र हुन। सहि मानेमा विकास भनेको जनताको आर्थिक समृद्धि र सकारात्मक रचनात्मक सोचको सामाजिकिकरण हो । यी सोचहरुको सामाजिकरण गर्न सकेमा मात्र विकासले लक्ष्य प्राप्त गर्न सक्दछ । यस्तो लक्ष्य विभिन्न सास्कृतिक र वैचारिक ज्ञानको साटासाट वाट अधितम प्राप्ती हुन्छ । ज्ञान विज्ञान र विचारको आदान प्रदान व्यक्तिहरुको अधिकतम भ्रमणले गर्न सकिन्छ भन्ने हाम्रो दृष्टिकोण हो । यो ज्ञानको विकास सँग सँगै व्यक्तिहरुको अधितम हिडाइले मुद्रा परिचालनमा सहयोग पुयाउँछ । मुद्रा जति चल्न थाल्छ त्यतिनै व्यवसाय र व्यापार से सकारात्मक गति लिन्छ। तसर्थ मुद्रा परिचालनका लागि व्यापार व्यवसायको उन्नतिका लागि र स्थानिय उत्पादनको बजार व्यवस्थापनका लागि पर्यटन सबै भन्दा उपयुक्त माध्यम हो । त्यसैले पर्यटन भ्रमणलाई दिदै आर्थिक समृद्धिको बाटो तय गर्न पर्यटन विकासमा अभ्यास गर्नु पर्छ । यस्तो पर्यटनको गर्न हामी संग भएको पर्यटनको गन्तव्यहरु खोजी गर्ने, निर्माण गर्ने, प्रचार प्रसार गर्ने र निको व्यवस्थापनमा सहयोग पुयाउनु पर्छ भन्ने हाम्रो दृष्टिकोण बन्यो र निम्न उद्देश्यहरू विधानबाटै तय गर्दै यो सामाजिक संस्थालाई लोकार्पण गरेका छौ ।
यो संस्था मुनाफा रहित जनहितकारि सामाजिक संस्था हुनेछ प्रकृति र वातावरण संरक्षणका कार्य गर्ने । संस्कृति, भेषभुषा, कला र स्थानिय भाषा साहित्यको संरक्षण गर्ने । पर्यटकका लागि आकर्षक जग पर्यटकका लागि होमस्टे नथार्यक्रमहयोग पर्यटक भ्रमण गराउन आकर्षक तथा सहज साधनहरु प्रयोग गर्ने छ संस्थाका कार्यक्रम सँग सम्बन्धित प्रशिक्षण संचालन गर्ने। प्रकृति, संस्कृति र कृषि पर्यटन विकासका लागि कार्य गर्ने । कार्यशैलीसामान्य सोच वाट सामूहिक दृष्टिकोण निर्माण गर्ने र मलाई बनाउन, कार्यशैलीले अहम भूमिका खेलेको हुन्छ । धेरै राम्रा दृष्टिकोण कार्यशैलीका कारण सफल हुने वा तुहिने सम्भावना सँगै रहन्छन् त्यसैले सामूहिक कार्य स्वीकार्य कार्यशैली अपनाउनु जरुरी छ ।
कसैको भावनामा आच आउने तथा समझदारी विमान अवस्था सृजना भएमा राम्रा योजनाहरु पनि छन् । कुनै पनि कार्य प्रारम्भ गर्दा वा कार्यन्वयनमा जाँदा आवश्यक तत्वहरुको पहिचान गरि तिनका परिचालनमा वृद्धि पुयाउन । यसरी हेर्दा हाम्रो संस्थाले निर्माण गरेको दृष्टिकोण र लक्ष्य प्रदान गर्न अत्यन्तै चुनौतीहरु छन् । सामाजिक परिवेश, प्रतिष्पर्धात्मक राजनिति र वर्तमान चिन्तनहरुको उचित व्यवस्थापन गरि अगाडी बढ्न नसके हाम्रो सफलता सम्भव छैन । यिनै चुनौतिहरुलाई मध्य नजर गर्दै सस्थाले समन्वयात्मक साझेदारी सहितको कार्यशैली अपनाउने छ । विभिन्न आवश्यकता पुरा गर्न र कार्य परिचालनमा समाजकै अपनत्व महसुस हुने गरि कार्य गरिने छ । अवधारणा र योजनाहरुलाई लक्ष्यमा पुयाउन संस्थागतरुपमा कार्य गरिने छ । यसका लागि आवश्यक क्रियाकलाप गर्न सकभर स्थानिय श्रोत खोजी गर्ने, अपुग श्रोतका लागि राष्ट्र र सामाजिक हित विरुद्ध नहुने गरि समन्वय र साझेदारी गर्ने कार्यशैली अपनाइने छ । यस्तो कार्य विधि अवश्यकता र परिस्थिति अनुकुल संस्थागत रुपमा योजनावद्ध भई निर्माण गरिने र विधि प्रकृया अनुसार अनुमोदन गरि कार्यान्वय गरिने छ ।
लक्ष्य विनाको यात्रा सधै अपुर्ण रहन्छ र लक्ष्य चरणवद्धरुपमा अगाडी बढि रहन्छ । एक चरणमा एक लक्ष्य हासिल गरे पश्चात अर्को लक्ष्य तय गरि अगाडी बढेमा सफलता हासिल गर्न सकिन्छ । हामीले यसमा दुई प्रकारका लक्ष्य निर्धारण गरेका छौ । एउटा सैद्धान्तिक लक्ष्य अर्को संस्थाको विकासका चरणवद्ध लक्ष्य, पहिलो सैद्धान्तिक लक्ष्य भनेको पर्यटनका माध्यमबाट सामाजिक ज्ञान र जनजिविकामा परिवर्तन हो । सकारत्मक सोचको विकास, रचनात्मक ज्ञान तथा सामाजिक समृद्धिप्राप्त गर्न र समग्र मुलुकको आर्थिक गतिविधिलाई गतिशिल बनाउनु हो।
अर्को संस्थागत विकासको लक्ष्य हो । संस्थागत विकासको यो लक्ष्य आज एक सानो इकाईमा सहजिकरण वाट प्रारम्भ हुनेछ । पहिलो चरणमा हामीले यसै क्षेत्रमा सडकको पहुच नजिक भएको वनदेवी सा।व। क्षेत्र भित्र रहेको टुप्पाई ताल लाई लिएका छौ । अवलोकन भ्रमण पश्चात राय निर्माण गरि अन्य कदमहरु अगाडी बढाउन हाम्रो आगामी साधारण सभाले मार्ग निर्देशन गर्नेछ । यसै बिच चरणं बद्धरुपमा अन्य स्थानका क्षेत्रहरुमा विभिन्न अवधारणा पत्र सहित सास्कृतिक, प्राकृतिक ऐतिहासिक, पुरातात्विक स्थानियकला, साहित्य, औधोगीक कृषि पर्यटनमा सहयोग गर्न योजना निर्माण हुनेछ । अन्तमा हाम्रो निमन्त्रणा स्वीकार गरि उपस्थित भइदिनु भएकोमा हार्दिक स्वागत गर्दछौं । यस अन्तरक्रियाको छलफलमा सक्रिय सहभागी भई मार्गदर्शन गरिदिन अनुरोध गर्दै आगाम यसैगरि हौसला बढाई दिनुहुने छ भन्ने पुर्ण विश्वासका साथ हार्दिक धन्यवाद ।
पर्यटकीय आकर्षण बन्दै वनदेवी सामुदायिक वन
कृष्णपुर नगरपालिका ९ राजघाट वनदेवी सामुदायिक वन भित्र रहेको टुप्पा तालको सुन्दर दृश्यले सबैका मन लोभ्याउँछ । टापु आकारमा रहेको वनलाई तालले चारैतिरबाट घेरेको छ । यही दृश्यले सबैको मन तानिरहेको हुन्छ । कृष्णपुर नगरपालिका( ९ स्थित वनदेवी सामुदायिक वनको करिब ७ हेक्टर क्षेत्रफल तालले घेरेको छ । वनदेवी सामुुदायिक भित्र रहेको यो दृश्यलाई एकपटक हेर्ने गएका यात्रीले आफ्नो क्यामेरामा कैद गर्दछन् । यहाँका उपभोक्ताले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी पर्यटन विस्तारको काम अगाडि बढाउने तयारीमा छन् । हेर्दै सुन्दर र मनमोहक देखिने यस वन क्षेत्रलाई पशुपक्षी संरक्षण, धार्मिक दृष्टिकोणले काम गर्ने र पर्यटन विकास गर्ने योजना का निम्ति स्थानीय सरकार प्रदेश सरकार र संघ सरकारलाई ध्यानाकर्षण गराइ पर्यटकीय क्षेत्र विकास गर्ने गरी योजनाबद्ध रुपमा अगाडि बढेको समितिका अध्यक्ष लेखराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “वनले अथाह पर्यटनको सम्भावना बोकेको छ, यहाँ पर्यटक भित्र्याउन भौतिक पूर्वाधार विकासको खाँचो छ, पूर्वाधार निर्माणका कामलाई जोड दिएका छौँ, यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउनेछौँ” ।
हेर्दै आनन्द लाग्ने प्रकृतिकले दिएको यति सुन्दर दृश्यले सबैका मन लोभ्याएको हुन्छ, सोँचे अनुसार जति विकास हुनुपर्ने हो भने पर्यटन विस्तारका गुरुयोजना बनाएर वन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै अगाडि बढने हो भने पर्यटनलाई भित्र्याउन सहजै हुने जोशीले बताए । वनभोजस्थल, खानेपानी, विद्युत्, निर्माणको विकास र परिवर्तनगर्ने वन समूहले जनाएको छ । यस वन क्षेत्रमा असिना,जामुन, सिमल, खयर, साललगायतका बहुमूल्य प्रजातिका वनस्पति पाइन्छ ।
जलहाँस, कुखुरा, गिद्ध, कालीज, खरायो, मृग, चितुवा जस्ता जङ्गली जनावरको बासस्थानका रुपमा पनि यो वनलाई लिइने गरिन्छ । काठपात, घाँस दाउरा, स्याउला जस्ता वन पैदावार ४०० घरधुरीका उपभोक्ताले उपभोग गर्दै आइरहेका छन् । विसं २०५६ मा सामुदायिकरण गरी उपभोक्ताबाट रेखदेख गर्न थालियो । सामुदायिकरण भएपछि उपभोक्ताले वन उपभोग गर्न पाएका छन् । विसं २०७५ मा दर्ता गरी समुदायका स्थानीयवासीले भोगचलन गरी आएका छन् । यस्तै आजको कार्यक्रममा प्रमुख अथिती उद्योग प्रयटन बन तथा बाताबरण मन्त्री रमेश धामी बिशिस्ट अथिती प्रदेश सभा सदस्य ॐम बिक्रम भाट सरल कृष्णपुर नगरपालिका नगरप्रमुख हेम राज ओझा पुर्ब माननीय महेस दत्त जोशी, पुर्वमाननिय स्याम लाल राना लगायत विभिन्न पाटिका नेता कार्यकर्ता वडा अध्यक्ष बुद्धि जिबि समाज सेबि शिक्षक पत्रकार हरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन काशी नाथ भाटले गर्नु भएको थियो ।
