सरस्वती सुनार
कृष्णपुर:- सुदुरपश्चिमको महान एवम् मौलिक पर्व गौरा अवसरमा यस पर्यटन विकास समाज र शिवदुर्गा मन्दिर को संयुक्त आयोजना हुने ३ दिवसीय “गोरा विषेश संस्कृतिक समारोह तथा डेउडा प्रदर्शनी” कार्यक्रममा यहाँको गरिमामय उपस्थितीका लागि कृष्णपुर नगरपालिका–९, राजघाट फुटवल खेल मैदान राजघाटवासीलाई ‘चुले निम्तो’ गरेको छ । प्रत्येक वर्ष मनाइने गौरा पर्व यसवर्ष पनि भदौ ७ गते बिहीबार राजघाट खेलमैदानमा मनाउँदै छन् ।
पर्यटन विकास समाज र शिवदुर्गा मन्दिर को संयुक्तमा आयोजनामा कवि तथा साहित्यकार, कलाकार, बुद्धिजीवी र संस्कृतिविद् सबैलाई गौरा पर्वमा सहभागी हुन आमन्त्रण गरेका छन् । समाजका अतिरिक्त शान्ति, सद्भाव र मेलमिलापको पर्व भएको चर्चा गर्दै पर्यटन विकास समाजका अध्यक्ष लेखराज जाेशले गौरा पर्वमा गौरा माईको पूजा आराधना हुने भएकाले महिलाप्रतिको सम्मान हुने बताए । गौरा माईको मूर्ति निर्माण गरी पूजा आराधना भने चार दिन अघिबाट शुरु भएको हो । उनले ७ गते बिहीबार गौरा पर्वको अवसरमा दिउँसो २ बजे धार्मिक कार्यक्रम र त्यसपछि सांस्कृतिक कार्यक्रम आयोजना पश्चात् देउडा र न्याउल्या खेल खेलिने भएकाले यस पर्वको महत्व दिनप्रति दिन बढ्दै गएको छ । गौरा पर्वलाई सूदूरको मात्र नभई सबैको पर्वको रुपको मनाउनु पर्ने तर्क जाेशीकाे छ । उनका अनुसार, सामान्य तय गौरा पर्व पाँच दिनसम्म मनाउने चलन छ । गौरा शुभारम्भ भएको पहिलो, दोस्रो, तेस्रो, चौथो दिनको आ–आफ्नै किसिमको धार्मिक महत्व रहेको छ । त्यस्तै, अन्तिम दिनलाई महत्वपूर्ण दिनको रुपमा लिने गरिन्छ ।
गौरा पर्वमा पाँच प्रकारका अन्न तथा गेडागुडीबाट बिरुडा बनाउने चलन छ । विरुडालाई गौरा पर्वको प्रसादको रुपमा ग्रहरण गरिन्छ ।
त्यस्तै, गौरा माइ तथा गौराको मूतिपनि कास, कुश र साउँबाट बनाउने चलन छ । जुन परम्परा एवं संस्कृति निकै रोचक तथा अनौठो रहेको छ ।
देउडा खेल्दा सबैले कुममा कुम र हातमा हात जोडेर खेल्नुपर्ने हुन्छ । देउडा तथा न्याउल्या खेल गौरा पर्वको महत्वपूर्ण संस्कृति हो । गौरामा पर्वमा महिलाहरुले मागल गाउने गर्छन् । मागल गायक एक किसिमको धार्मिक लोकगाथा हो । विगत लामो समयदेखि वर्षदेखि राजघाटमा गौरा पर्व मनाउँदै आएको पर्यटन विकास समाज समूहले राजघाट बासीलाई गौरा पर्व मनाउनका लागि चुलिनिम्तो गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
