मट्टीतेल छर्केर आगाे लगाएकी महिलाको धनगढी लैजाने क्रममा बाटोमै मृत्यु

धनगढी :- दार्चुलामा मट्टीतेल छर्केर आगाे लगाएकी महिलाको धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि घाइते महिलालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

आइतबार विहान करिब ११ बजेतिर जिल्लाको शैल्यशिखर नगरपालिका-५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदले घरमा कोहि नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् ।

घाइते साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो । आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए ।

साउँदले शरीरमा किन आगो लगाइन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply