मनिसा सुनार
९ पुस, कृष्णपुर :- इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिनको अवसरमा आज विश्वभरका क्रिश्चियन धर्मालम्बीहरुले क्रिसमसडे मनाउँदै छन् । नेपालमा पनि साेमबार क्रिसमस डे भव्यवताका साथ अनुग्रह मण्डली कृष्णपुर ३देखतभुलिमा मनाइएको छ । सुदूरपश्चिमका विभिन्न चर्चामा सपिङ सेन्टर र होटल तथा रेष्टुरेन्टमा क्रिसमस डेका अवसरमा विशेष कार्यक्रमहरु गरेका छन् ।

कृष्णपुर ३ देखतभुलि चर्चामा पनि क्रिसमस डे का अवसरमा विशेष कार्यक्रम गरिएको छ । त्यहाँ क्रिसमस मनाउनेहरुले हर्षोल्लासपूर्वक क्रिसमस डेको ‘सेलिब्रेसन’ गरे । अनुग्रह मण्डलीका पास्टर प्रेमलाल चौधरी सभा अध्यक्ष रहेकोे कार्यक्रमा , प्रमुख अतिथि कृष्णपुर नगरपालिका उपप्रमुख द्राेपतीराना, विशिष्ट अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बाबुराम चौधरी कृष्णपुर ४ का वडा अध्यक्ष धर्म बहादुर सिंह पुर्व वडा अध्यक्ष आसाराम चौधरी थारुकल्यानकारीनी सभा नगर कमिटी अध्यक्ष तथा वेश संस्था कृष्णपुर नगर अध्यक्ष वडा नम्बर ९ का मेलमिलाप संयोजक समाजसेवी लालबहादुर चौधरी शुभभ् अपसेट प्रेसका संचालक अर्जुन चौधरी अतिथि समाजसेवी बुद्धिजीवी लगायतका्े उपस्थिति रहेकोे थियोे ।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवका रुपमा २५ डिसेम्बरमा क्रिसमस डे मनाइने गरिन्छ ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या अर्थात् अविवाहित मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको उनका अनुयायीको भनाई छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी सम्वत् चलाइएको विश्वास छ ।
क्रिसमस डे चर्चमा मात्र सीमित हुने गरेकोमा केही वर्षदेखि सार्वजनिक स्थलमै विविध सांगीतिक कार्यक्रम गरेर मनाउने सुदृढीकरणका ठाउँमा पनि सांगीतिक कार्यक्रम गर्ने गरिएको छ । क्रिसमसको अवसरमा नगर उपप्रमुख द्राेपती रानाले शुभकामना सन्देश दिएका छन् ।
