पुस १४-२०८०
उदय साहित्य समाजले उदय मावि बंक कंचनपुरमा आयोजना गरेको “कविता लेखन तथा वाचन कार्यक्रम “मा यही पुस १४का दिन नेपाल सँस्कृत विश्वबिद्यालयका सह प्राध्यापक आदरणीय गुरु हरिप्रसाद खतिवडाज्यूले उदय मावि बंक कंचनपुरका र केही छिमेकी विद्यालयका समेत नानीबाबुहरुलाइ कविता लेखन र वाचन सम्बन्धि बिशेष प्रशिक्षण दिनु भयो।

नानीबाबुहरूले बडो अभिरुचिका साथ कार्यक्रममा भाग लिएको र अभ्यास गरेका छन् ।
उदय साहित्य समाजकी अध्यक्ष बबिता कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल सँस्कृत विश्वविद्यालयका सह प्राध्यापक श्री हरीप्रसाद खतिवडाज्यू हुनुहुन्थ्यो भने बिशिस्ट अतिथिमा साहित्यकार सिर्जन श्री, उदय माविका प्रअ बम्म्न राना र कवि प्रेमदत्त कलौनी हुनुहुन्थ्यो ।
त्यसैगरी अतिथिहरूमा अन्तरास्ट्रिय खेलाडी दिनेश पाण्डे ,समाजसेवी मोहन भणडारी र कवितामा मिठो गला भर्न अब्बल साक्षी खतिवडा हुनुहुन्थ्यो।
बिहान ११:०० बजेदेखि साँझ ०४:०० बजे सम्म नेपाली कविताको रचना विधान,लेखन कला र वाचन कलाका साथै विभिन्न पक्षका बारेमा अनवरत चलेको कार्यक्रममा प्रशिक्षार्थीहरूले बडो अभिरुचि साथ भाग लिएका थिए।
उक्त कार्यक्रमको सँचालन उदय साहित्य समाजकी सचीव जेनिसा लावडले गर्नु भएको थियो।
