कञ्चनपुरका अनाथ बालबालिकालाई शैक्षिक समाग्री वितरण

१५ पुस
कञ्चनपुरका अनाथ बालबालिकालाई शैक्षिक समाग्री वितरण गरिएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको बैजनाथ माध्यामिक विद्यालयका विद्यार्थीले अनाथ बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेका हुन ।

बैजनाथ माध्यामिक विद्यालयका लेखा अधिकृत लक्ष्मण दत्त भट्टले आईतबार पुषे पन्नर तथा तमु पर्वको अवसर पारेर महाकाली समाजकल्याण बाल अनाथालयमा बस्दै आएका अनाथ बालबालिकालाई शैक्षिक समाग्री वितरण गरिएको बताए । उनका अनुसार विद्यालयका विद्यार्थीले समाजिक सेवाका लागि शैक्षिक समाग्रीका साथ फलफुल वितरण गरिएको छ । समाजकल्याण बाल अनाथालयका सचिव लवराज भट्ट, बैजनाथ विद्यालयका अध्यक्ष अचुतराज कलौनी, प्रअ हरिराज विष्ट सहितको उपस्थितिमा शैक्षिक समाग्री तथा फलफुल वितरण गरिएको छ । विद्यार्थीबाट सहयोग पाएपछि अनाथ बालबालिका हर्षित भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply