१५ पुष
कञ्चनपुरकी पत्रकार दुर्गा उपाध्यायलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शुक्लाफाँटा सामुदायिक रेडियोले प्रदान गर्दै आएको शुक्लाफाँटा पत्रकारिता पुरस्कार यस बर्ष पत्रकार उपाध्यायलाई प्रदान गरेको हो ।
आइतबार शुक्लाफाँटा सामुदायिक रेडियोको १७औँ बार्षिकोत्सव असबसरमा पत्रकार उपाध्यायलाई उक्त पुररस्कार प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका परराष्ट्रमन्त्री एनपी साउदले पत्रकार उपाध्यायलाई मालाखादा ओढाएर सम्मानका साथै नगद पुरस्कार प्रदान गरेका छन ।
नेपाल टेलिभिजन कञ्चनपुरकी समाचारदाता उपाध्यायले यस क्षेत्रको विकासका क्षेत्रमा कमल चलाएको भन्दै शुक्लाफाँटा रेडियोले नगद ११ हजार १सय ११रुपैया प्रदान गरेको छ । झण्डै डेढ दशकदेखि पत्रकारिता गर्दै आएकी महिला सकृय पत्रकार उपाध्यायले पुरस्कारसंगै थप जिम्मेबारी बढेको बताएकी छिन । शुक्लाफाँटा रेडियोले हरेक बर्ष बार्षिकोत्सवका दिन पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
