कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले साइकलमा समान क्यारिङ गर्न रोक लगाएपछि क्यारिङ्कर्ता आन्दोलित

पुस १७
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले साइकलमा समान क्यारिङ गर्न रोक लगाएपछि क्यारिङ्कर्ता आन्दोलित भएका छन् । महेन्द्रनगर बजारमा सोमवार र मंगलवार उनिहरुले आन्दोलन गरेका छन् । मंगलवार करिब ४ सय बढी साईकल क्यारिङ्कर्ताहरुले आन्दोलन स्वरुप सिठी फुक्दै य्रालीको आयोजना गरेका हुन् ।

भन्सार तिरेर क्यारिङ गर्नु पाउनु पर्ने माग राख्दै उनिहरु विगतका दिनदेखी आन्दोलित भईरहेका छन् । कञ्चनपुरका क्यारिङ्कर्ताहरु रोजगारी खोसिएको भन्दै गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर विरुद्ध आन्दोलन भएका छन ।

भन्सार कार्यालयले भारतबाट साइकलमा क्यारिङ गरि ल्याउने समानको भन्सार काट्न छोडेपछि क्यारिङ गरि दिनचर्या चलाइरहेका करिब ४ सय जना आन्दोलित भएका हुन । सोमबार पनि उनिहरुले जिल्लामा सक्रिय क्यारिङ्कर्ताहरुले भन्सार कार्यालय र सरकार विरुद्ध नारा लगाउदै साइकलमा महेन्द्रनगर बजार परिक्रमा गरेका थिए ।

३० वर्षदेखि भन्सार काटेर समान ल्याउने गरेकोमा भन्सार कार्यालयले पछिल्लो ३ महिनादेखि भन्सार काट्न छाडेपछि क्यारिङ्कर्ता सडकमा उत्रिन बाध्य भएको उनिहरको भनायृ रहेको छ । भन्सार काटी समान ल्याउन लागेको वर्षौ भएको भएपनि अहिले आएर एक्काशी भन्सार कार्यालयले भन्सार काट्न छाडेपछि आफुहरुको चुलो जल्न छोडेको बताएका छन् ।

रोजगारी खोसिएको भन्दै सयौँ सडकमा उत्रिएका क्यारिङ्कर्ताहरुले आफूहरूको लडाइ सरकार सँग रहेकोले आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने बताएका छन् । आफूहरूले सम्बन्धित सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउँदा समेत मागको सुनुवाइ नभएको क्यारिङ्कर्ताको दुखेसो छ ।

गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले भने साइकल क्यारिङ गर्नेहरूको भन्सार नकाट्ने कानुनी प्रावधान रहेकोले भन्सार नकाटिएको बताए । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले साइकलमा समान क्यारिङ गर्न पुर्ण रुपमा रोक लगाएको छ । साइकलमा समान क्यारिङ गर्नेहरुबाट राजश्व चुहावट हुँन लागेको बताउँदै कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले साइकलमा समान क्यारिङ गर्न रोक लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply