पुस २७
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । बेलडाँडी गाँउपालिकाको आयोजनामा १४औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ शुक्ररबारदेखि सरस्वती माध्यमिक विद्यालय झरनासागरको प्राङ्गणमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । जिल्ला स्तरीय प्रतियोगिताका लागी खेलाडी छनौट गर्न उक्त प्रतियोगिता संचालन भएको पालिकाले जनाएको छ ।
प्रतियोगिताको उदघान सुदूरपश्चिम प्रदेशका संसद एव संविधान सभा सदस्य दिवान सिंह बिष्टले गरेका छन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका प्रदेश माननीय बिष्टले खेलबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुनुपर्ने बताए ।
संसद विष्टले खेलप्रेमीहरुका लागि प्रदेशबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । बेलडाँडी गाँउपालिका अध्यक्ष हरिचन्द्र रानाले पालिका अन्तर्गतका ९ वटा विद्यालय बीच प्रतियोगिता सुुरु भएको बताए ।
उनका अनुसार छात्र र छात्रा गरी ९ वटा बिधामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ । यसका लागि सातवटै मावि गरी डेढ सयभन्दा बढी खेलाडीहरुले सहभागीता जनाएका छन । प्रतियोगितामा छात्र र छात्रातर्फ सञ्चालन हुनेछन ।
गाउँपालिकामा विद्यालयस्तरमा प्रतिस्पर्धा भएर छनौट भएका खेलाडीले फागुन पहिलो साता जिल्लामा हुने प्रतियोगितामा सहभागी हुनेछन । बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाको सभापतित्व रहेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक एवम् विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
